सोमबार, भदौ १, २०८३

राप्रपा अध्यक्ष थापा स्वेदश फिर्ता

राप्रपा अध्यक्ष कमल थापा तीन साता लामो अमेरिका भ्रमण सम्पन्न गरी आज नेपाल फर्किएका छन्।
 |  मंगलबार, मंसिर २४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २४, २०७६

काठमाडौं - राप्रपा अध्यक्ष कमल थापा तीन साता लामो अमेरिका भ्रमण सम्पन्न गरी आज नेपाल फर्किएका छन्।

अध्यक्ष थापा अमेरिकाको वासिङ्टनमा अन्तर्राष्ट्रिय डेमोक्रेटिक युनियनको फोरम, बाल्टिमोरमा प्रवासी नेपाली एकता समाजको अधिवेशन, टेक्सासमा आयोजित नेपाली समुदायसँग बृहत् छलफलमा सहभागी हुन गत कात्तिक २७ गते त्यसतर्फ गएका थिए।

अध्यक्ष थापाले अन्तर्राष्ट्रिय डेमोक्रेटिक युनियनका अध्यक्ष एवं क्यानडाका पूर्वप्रधानमन्त्री स्टेफेन हार्पर, महासचिव क्रिस्टिन क्याटनर, एसिया प्यासिफिक डेमोक्रेटिक युनियनका महासचिव ब्रुस इडवार्डस् लगायतसँग भेटघाट र वार्ता गरेका थिए।

क्यानाडाका पूर्वप्रधानमन्त्री तथा अध्यक्ष स्टेफेन हार्परले उद्घाटन गरेको सम्मेलनमा विश्वका ५५ देशका विभिन्न दलका नेताहरु सहभागी थिए।

सम्मेलनमा प्रजातन्त्र, वैयक्तिक स्वतन्त्रता र उदार अर्थतन्त्रको विश्वव्यापी अवस्थाको समीक्षा गरिनुका साथै परम्परागत मूल्यमान्यता र संस्कृतिको संवद्र्धन बहुआयामिक पक्षमा समेत विचारविमर्श भएको छ।

युनियनका अध्यक्ष हार्परसँगको भेटमा विश्व राजनीतिमा देखापरेका चुनौती तथा प्रजातन्त्रलाई सर्वसत्तावादी अतिक्रमणबाट जोगाउन अपनाउनुपर्ने साझेदारीका विषयमा विचारको आदानप्रदान भएको थियो।

सम्मेलनमा अध्यक्ष थापा नेतृत्वको प्रतिनिधिमण्डलमा पार्टीका सहायक महामन्त्री प्रेमकुमार श्रेष्ठ र आमन्त्रित केन्द्रीय सदस्य लोकनाथ तिवारीको सहभागिता थियो।

अध्यक्ष थापालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यवाहक अध्यक्ष बुद्धिमान तामाङ, उपाध्यक्ष तोरणबहादुर गुरुङ, महामन्त्री भास्कर भद्रा लगायतले स्वागत गरेका थिए ।

प्रकाशित: Dec 10, 2019| 09:08 मंगलबार, मंसिर २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।