सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सीमा अतिक्रमणबारे औपचारिक धारणा बनाउन कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

सीमा अतिक्रमणबारे औपचारिक धारणा बनाउन कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

 |  मंगलबार, मंसिर २४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २४, २०७६

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ। मंसिर २६ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाएको हो।

बैठकमा कालापानी–लिपुलेक र लिम्पियाधुरालगायतको सीमा अतिक्रमणका विषयमा कांग्रेसले विशेष छलफल गर्नेछ। छलफलबाट कांग्रेसले औपचारिक धारणा सार्वजनिक गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले जनाएका छन्।

यसैगरी, केन्द्रीय समितिको एजेण्डामा संगठन सुदृढिकरण र उपनिर्वाचनको समीक्षा पनि रहेको छ।

भातृ संगठनहरुको विवाद समाधान र हालैसम्म भएको उपनिर्वाचनमा पार्टीको कार्यसम्पादनका विषयमा छलफल हुने शर्माले जनाए।

प्रकाशित: Dec 10, 2019| 07:18 मंगलबार, मंसिर २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।