सोमबार, भदौ १, २०८३

हिउँदे अधिवेशन पुस ४ गते बोलाउन सिफारिस

मन्त्रिपरिषद्ले संघीय संसद्को हिउँदे अधिवेशन पुस ४ गते बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको छ।
 |  मंगलबार, मंसिर २४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २४, २०७६

काठमाडौं– मन्त्रिपरिषद्ले संघीय संसद्को हिउँदे अधिवेशन पुस ४ गते बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको छ।

हिउँदे अधिवेशन बोलाउनका लागि राष्ट्रपति भण्डारीलाई पत्र पठाइएको बताइएको छ।

गत असोज २ गते संसद्को बजेट अधिवेशन सकिएको थियो।

हिउँदे अधिवेशनलाई विधेयक अधिवेशनका रूपमा समेत लिइन्छ।

यसपालिको हिउँदे अधिवेशनले नयाँ सभामुखसमेत चयन गर्नुपर्नेछ। गत असोज १४ गते तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त छ।

सभामुख नभएका कारण विधेयक प्रमाणीकरण हुन पाएका छैनन्। अन्य काम भने उपसभामुख शिवमाया तुम्बाहाङफेले गरिरहेकी छन्।

प्रकाशित: Dec 10, 2019| 06:00 मंगलबार, मंसिर २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।