सोमबार, भदौ १, २०८३

फुटबलको फाइनल हेर्न १ करोड ४ लाखको टिकट बिक्री

१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को अन्तिम दिन पुरुष फुटवलको फाइनल खेल हेर्नका लागि एक करोड चार लाख रुपैयाँको टिकट बिक्री भएको छ।
 |  मंगलबार, मंसिर २४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २४, २०७६

काठमाडौं- १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को अन्तिम दिन पुरुष फुटवलको फाइनल खेल हेर्नका लागि एक करोड चार लाख रुपैयाँको टिकट बिक्री भएको छ।

मंगलबार दशरथ रंगशालामा हुने आयोजक राष्ट्र नेपाल र भुटानबीचको फुटवल फाइनल खेल हेर्नका लागि एक करोड चार लाख रुपैयाँको टिकट बिक्री भएको इसेवाले जनाएको छ।

इसेवाका प्रेस सल्लाहकार विष्णु पोखरेलका अनुसार एक हजार दरका आठ हजार र दुई हजार दरका एक हजार दुई सय वटा टिकट बिक्री भएका छन्।

यसअघिका खेलहरुमा पाँच सय र एक हजार दरका मात्र टिकट राखेको इसेवाले फाइलन खेलका लागि भने एक हजार र दुई हजार दरका टिकट राखेको छ।

फाईलन खेलका लागि सोमबार नै टिकट बिक्री सकिएको थियो। रंगशालाको क्षमाताअनुसार टिकट बुकिङ्ग एक दिन अघिनै सकिएपछि थुप्रै दर्शकले रंगशाला भित्रै गएर फाइनल खेल हेर्न नपाउने भएका छन्।

करिव १५ हजार क्षमाताको प्याराफिटमा अतिविशिष्ट, विशिष्ट, आयोजक, खेलाडी तथा उनीहरुका आफन्त, अफिसियल, संचारकर्मी गरि करिव छ हजार पास छन्।

 

प्रकाशित: Dec 10, 2019| 05:07 मंगलबार, मंसिर २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।