सोमबार, भदौ १, २०८३

वीर अस्पतालको नेफ्रो वार्ड आजबाट सञ्चालनमा

वीर अस्पतालको नेफ्रोलोजी (मिर्गौला सम्बन्धी) वार्ड आजबाट नयाँ भवनमा सञ्चालन भएको छ।
 |  मंगलबार, मंसिर २४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २४, २०७६

काठमाडौं– वीर अस्पतालको नेफ्रोलोजी (मिर्गौला सम्बन्धी) वार्ड आजबाट नयाँ भवनमा सञ्चालन भएको छ।

जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका)ले निर्माण सम्पन्न गरी जेठमा नै सरकारलाई हस्तान्तरण गरेको भवनमा आजबाट २० शैयको नेफ्रो वार्ड सुरु गरिएको अस्पतालले जनाएको छ।

९४ शैयको उक्त भवनमा नेफ्रोसहित २०/२० शैयको कार्डियोलोजी र ग्यास्ट्रोलोजी वार्ड रहनेछन्। यस्तै, सीसीयू १० शैय र बाँकी २४ शैयमा हेमोडायलासिस सेवा सञ्चालन गरिने अस्पतालका निर्देशक केदार सेन्चुरीले जानकारी दिए।

जाइकाले गत जेठमा नै थापाथलीको परोपकार प्रसुति गृह र वीर अस्पतालको निर्माण सम्पन्न गरी स्वास्थ्य तथा जनसंख्यामन्त्रीमार्फत अस्पताललाई हस्तान्तरण गरेको थियो।

परोपकार प्रसूति गृह, थापाथलीले त्यतिबेलै नयाँ भवनबाट सेवा सञ्चालन गरेको थियो। तर, वीर अस्पतालमा जनशक्ति र उपकरणको अभावमा सेवा सञ्चालनमा आएको थिएन। अहिले पनि सबै सेवा सञ्चालन गर्न जनशक्ति र उपकरणको अभाव देखिएको निर्देशक केदार सेन्चुरीले बताए।

प्रकाशित: Dec 10, 2019| 05:10 मंगलबार, मंसिर २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।