सोमबार, भदौ १, २०८३

आज मानव अधिकार दिवस, राष्ट्रपतिबाट यस्तो शुभकामना

आज ७१ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैं छ ।
 |  मंगलबार, मंसिर २४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २४, २०७६

काठमाडौं- आज ७१ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैं छ ।

सन् १९४८ डिसेम्वर १० मा संयुक्त राष्ट्रसंघको महासभाले मानवअधिकारको विश्वव्यापी घोषणा पत्र जारी गरेको दिनको सम्झनामा हरेक वर्ष आजकै दिन विश्वभर यो दिवस मनाउने गरिन्छ ।

दिवसका अवसरमा बिहान राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा प्रभातफेरी निकालिएको छ । आजैबाट ११ औं मानव अधिकार राष्ट्रिय महाभेला पनि सुरु हुँदैछ । सन् २००९ बाट नेपालमा मनाउन थालिएको महाभेला यसपटक सप्ताहव्यापी रुपमा मनाउन लागिएको हो ।

महाभेलाको अवसर पारेर गैर सरकारी संस्था महासंघले यो वर्षदेखि ३ वटा सम्मान र पुरुस्कार पनि वितरण गर्ने भएको छ ।

यसैबीच दिवसको अवसरमा शुभकामना दिदैँ राष्ट्रपति विद्यादेवी भण्डारीले मानव अधिकारको सम्मान, संरक्षण, सम्वद्र्धन तथा प्रभावकारी कार्यान्वयनमा जोड दिएकी छिन् ।

उनले सन्देशमा भनेकी छिन्, “यस दिवसले सम्बद्ध पक्ष र निकायलाई मानव अधिकारको मर्म र भावनालाई आत्मसात् गर्दै मानव जातिका साझा अधिकार प्रत्याभूति गर्न सबैलाई सफलताका साथै यस क्षेत्रमा काम गर्न थप ऊर्जा र प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।”

प्रकाशित: Dec 10, 2019| 03:49 मंगलबार, मंसिर २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।