सोमबार, भदौ १, २०८३

वीरगञ्जमा कुहिएको अवस्थामा आमा–छोरीको शव फेला

वीरगञ्ज महानगरपालिका–१२, शिवनगर नयाँ टोलमा कुहिएको अवस्थामा आमा–छोरीको शव फेला परेको छ।
 |  मंगलबार, मंसिर २४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २४, २०७६

पर्सा– वीरगञ्ज महानगरपालिका–१२, शिवनगर नयाँ टोलमा कुहिएको अवस्थामा आमा–छोरीको शव फेला परेको छ।

स्थानीय मोहन झाको घरमा डेरा गरी बस्ने बारा, कलैया उपमहानगरपालिका–२६, सिसुवा महेशपुरका पवन साहकी अन्दाजी २२ वर्षीया श्रीमती र अढा वर्षकी छोरीको शव कुहिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

घरमा दुर्गन्ध फैलिएपछि घरधनी झाले वडा प्रहरी कार्यालय, श्रीपुरमा खबर गरेका थिए। त्यसपछि घटनास्थल पुगेको प्रहरीले ढोकाको ताल्चा फुटाउँदा कुहिएको अवस्थामा शव फेला परेको थियो।

प्रहरीका अनुसार शव कपडाले बेरेर राखिएको थियो। घटनास्थलको प्रकृति अवलोकन गर्दा केही दिनपहिले नै उनीहरूको हत्या भएको हुन सक्ने प्रहरीको आशंका छ।

पवन भने फरार छन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Dec 10, 2019| 03:51 मंगलबार, मंसिर २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।