सोमबार, भदौ १, २०८३

सूचना आयोगको प्रमुख आयुक्तमा गुरुङ नियुक्त

सिफारिस समितिको निर्णय सदर गर्दै सरकारले राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा महेन्द्रमान गुरुङलाई नियुक्त गरेको छ।
 |  मंगलबार, मंसिर २४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २४, २०७६

काठमाडौँ- सिफारिस समितिको निर्णय सदर गर्दै सरकारले राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा महेन्द्रमान गुरुङलाई नियुक्त गरेको छ। गुरुङ अवकाशप्राप्त सचिव हुन्।

यस्तै, आयुक्तद्वयमा कमला ओली (थापा) र दीपक मैनाली नियुक्त भएका छन्।

उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेको अध्यक्षताको सिफारिस समितिले आइतबार उनीहरुको नाम सिफारिस गरेको हो ।

हालका पदाधिकारीको कार्यकाल सकिएपछि उपसभामुखले सभामुखको अधिकार प्रयोग गर्दै उनीहरुको नाम सिफारिस गरेकी हुन् ।

सोही सिफारिस अनुसार सोमबारको मन्त्रिपरिषद् बैठकले पदाधिकारी नियुक्त गरेको हो।

प्रकाशित: Dec 10, 2019| 03:31 मंगलबार, मंसिर २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।