काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग)को समापनको दिन आज उपत्यकामा जोर नम्बर प्लेटका सवारी साधन मात्रै चलाउन पाइने भएको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले लागू गरेको जोर–बिजोर प्रणालीअन्तर्गत उपत्यकामा आज विजोर नम्बर प्लेटका सवारी साधन मात्र चलाउन पाइने भएको हो। साग उद्घाटन र समापनको दिन ट्राफिक व्यवस्थापनका लागि महाशाखाले जोर–बिजोर प्रणाली लागू गरेको हो।
यसअघि साग उद्घाटनको दिन (मंसिर १५ गते) उपत्यकामा बिजोर नम्बरका सवारी साधन चलाउन दिइएको थियो।