सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सागको अन्तिम दिनअघि कुन देशले स्वर्णसहित कति पदक जिते ?

सागको अन्तिम दिनअघि कुन देशले स्वर्णसहित कति पदक जिते ?

 |  मंगलबार, मंसिर २४, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २४, २०७६

काठमाडाैं- नेपालमा जारी तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)को अन्तिम दिनको खेल बाँकी छदा अहिलेसम्म २७८ स्वर्ण पदकसहित ९२९ पदकको छिनोफानो भएको छ ।

सोमबारका सबै खेल सकिदासम्म भारत पहिलो स्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ । श्रीलंका तेस्रो, पाकिस्तान चौथो, बंगलादेश पाँचौ, माल्दिभ्स छैटौँ र स्वर्ण पदक बिहिन बनेको भुटान सबैभन्दा पुछारमा छ ।

राससका अनुसार अहिलेसम्म भारतले १४३ स्वर्ण, ८३ रजत र ४३ कास्यसहित कूल २६९ पदक जितेको छ । नेपालले ४९ स्वर्ण, ५१ रजत तथा ८३ कास्यसहित कूल १८३ पदक जितेको छ ।

श्रीलङ्का ३६ स्वर्ण, ७६ रजत र १०७ कास्यसहित तेस्रो, पाकिस्तान ३० स्वर्ण, ३३ रजत र ४९ कास्यसहित चौथो, बङ्गलादेश १९ स्वर्ण, ३० रजत र ७५ कास्यसहित पाँचौँ स्थानमा छ ।

माल्दिभ्स एक स्वर्ण र तीन कास्य जित्दै छटौँ तथा भूटान पाँच रजत तथा १३ कास्यसहित पदक तालिकाको अन्तिम स्थानमा छ ।

नेपालले सोमबार बक्सिङमा दुई तथा पौडी र जुडोमा एक–एक स्वर्ण पदक जितेको थियो ।

यस्ताे छ साग पदक तालिका

देश स्वर्ण रजत  कास्य जम्मा
भारत १४३ ८३ ४३ २६९
नेपाल ४९ ५१ ८३ १८३
श्रीलङ्का ३६ ७६ १०७ २१९
पाकिस्तान ३० ३३ ४९ ११२
बङ्गलादेश १९ ३० ७५ १२४
माल्दिभ्स
भूटान १३ १८

 

प्रकाशित: Dec 10, 2019| 02:06 मंगलबार, मंसिर २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।