काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले १३औं दक्षिण एसियाली खेलकुद सागका लागि बुधबार विशेष सम्बोधन गर्ने भएका छन्।
साग खेलकुदको समापन मंगलबार नै हुने भए पनि प्रधानमन्त्री ओली बुधबार मात्रै सम्बोधन गर्न लागेको उनको सचिवालयले जनाएको छ।
सम्बोधनमा ओलीले साग खेलकुदमा सहभागी भएर विभिन्न पदकहरु जितेका नेपाली खेलाडीलाई पुरस्कारको घोषणा गर्नेछन्।
यसअघि साग खेलकुद हुनुअगावै ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेकोमा उनी विरामी भएपछि रोकिएको थियो।
खेलाडीलाई सम्बोधन गर्नेगरी कार्यक्रम तय गरिएकै दिन ओलीको एपेन्डिक्सको शल्यक्रिया गरिएको थियो।