बिहीबार, असार ३२, २०८३

कुस्तीमा भारतलाई १४ स्वर्ण, एउटामा चित्त बुझायो नेपालले

 |  सोमबार, मंसिर २३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २३, २०७६

जनकपुरधाम– दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत जनकपुरमा आयोजना भएको कुस्ती प्रतियोगिता सोमबार सम्पन्न भएको छ। चार दिनसम्म चलेको कुस्ती प्रतियोगितामा भारत आफ्नो दबदबा बनाउन सफल रह्यो।

कुस्तीमा भारतले १४ वटा स्वर्ण पदक हात पार्यो भने नेपालले एक स्वर्ण पदक पाएको छ। प्रतियोगिताको दोस्रो दिन संगीता धामीले नेपाललाई स्वर्ण दिलाइन्।

५५ केजी तोल समूहमा प्रतिस्पर्धा गर्दै संगीताले बंगलादेशकी सकिरा रेनीलाई ४–१ ले पराजित गर्दै स्वर्ण पदक हात पारिन्। यता २० वटा फरक फरक तौल समूहमा भाग लिएको भारतले १४ वटा स्वर्ण हात पार्न सफल भएको छ।

भारतपछि पाकिस्तानले ३ र श्रीलंकाले दुई स्वर्ण जितेको छ भने बंगलादेशले भने कुनै समूहमा स्वर्ण जित्न सकेन। प्रतियोगिताको अन्तिम दिन सोमबार महिलातर्फ ६८ र ७४ केजी तौल समूहमा भारतकै अनिता र गौरव बालियानले स्वर्ण जितेकी छिन्।

यसैगरी ६८ केजी तौल समूहमा श्रीलंकाकी मालाले कास्य र बंगलादेशकी राइतिथीले रजत पदक हात पारेकी छिन्। पुरुषतर्फ ७४ केजी तौल समूहमा श्रीलंकाकी लकमलले रजत र बंगलादेशकी सेपोन शेखले काश्य पदक प्राप्त गरेका छन्।

प्रतियोगितामे नेपालले एक स्वर्णसहित ४ रजत र ८ कास्य पदक हात पारेको छ भने पाकिस्तानले तीन स्वर्णसहित पाँच रजत, श्रीलंकाले दुई स्वर्ण, ९ रजत र २ कास्य पदक जितेको छ ।

प्रकाशित: Dec 09, 2019| 10:50 सोमबार, मंसिर २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।