मंगलबार, चैत १०, २०८२

महिला क्रिकेटमा बंगलादेशलाई स्वर्ण

१३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत महिला क्रिकेटमा बंगलादेशले स्वर्ण जितेको छ।
 |  आइतबार, मंसिर २२, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २२, २०७६

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत महिला क्रिकेटमा बंगलादेशले स्वर्ण जितेको छ।

National life

आइतबार भएको फाइनलमा श्रीलंकालाई २ रनले हराउँदै बंगलादेशले स्वर्ण जितेको हो।

९२ रनको सामान्य लक्ष्य पछ्याउँदै ब्याटिङ थालेको श्रीलंकालाई बंगलादेशले ८९ रनमा रोक्यो। 

श्रीलंकाका लागि कप्तान हर्षिता माधवीले सर्वाधिक ३२ रन जोडिन्। यस्तै, लिहिनी अप्सराले २५ र निलाक्साना सान्डामिनीले १० रन बनाए। अन्य खेलाडीले दोहोरो अंकको रन छुन सकेनन्।

बलिङतर्फ नहिदा अख्तरले सर्वाधिक दुई विकेट लिइन्। यस्तै, जहानारा अलाम, सल्मा खातुन र खातिजा तुल कुर्बाले समान एक विकेट लिए। श्रीलंकाका चार खेलाडी रनआउट भए।

Laxmi sunrise bank
kumari

त्यसअघि टस हारेर ब्याटिङ थालेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९१ रन जोड्यो।

बंगलादेशका लागि निगर सुल्तानाले अविजित रहँदै २९ रन जोडिन्। यस्तै, सन्जिदा इस्लाम र फहिमा खातुनले समान १५ रन जोड्दा मुरसिधा खातुनले १४ रन बनाइन्। अन्य खेलाडीले दोहोरो अंकको रन छुन सकेनन्।

बलिङतर्फ श्रीलंकाकी उमेशा थिमासिनीले सर्वाधिक चार विकेट लिइन्। यस्तै, सत्या सन्दीपानी, कविशा दिलहारी, माल्सा रनथुंगा र थारिका सेववान्डीले समान एक विकेट लिए।

महिला क्रिकेटमा नेपालले कास्य पदक जितेको छ।

प्रतियोगितामा टेस्ट राष्ट्र श्रीलंका र बंगलादेशसहित नेपाल र माल्दिभ्सले सहभागिता जनाएका थिए।

प्रकाशित: Dec 08, 2019| 08:51 आइतबार, मंसिर २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।