बिहीबार, असार ३२, २०८३

मेस्सीको कीर्तिमानी ह्याट्रिकमा बार्सिलोनाको सहज जित

स्टार खेलाडी लिओनल मेस्सीको कीर्तिमानी ह्याट्रिकमा बार्सिलोनाले स्पेनिस ला लिगामा रियाल मालोर्कामाथि ५–२ गोलको सहज जित निकालेको छ।
 |  आइतबार, मंसिर २२, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २२, २०७६

काठमाडौं- स्टार खेलाडी लिओनल मेस्सीको कीर्तिमानी ह्याट्रिकमा बार्सिलोनाले स्पेनिस ला लिगामा रियाल मालोर्कामाथि ५-२ गोलको सहज जित निकालेको छ।

शनिबार राति बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा मेस्सीले ३ गोल गर्दा युरोपको शीर्ष पाँच लिगमा पछिल्ला १४ सिजनमा १० भन्दा बढी गोल गर्ने पहिलो खेलाडी बनेका छन्।

उनले क्रिस्टियानो रोनाल्डोले ला लिगामा बनाएको ३४ ह्याट्रिकको कीर्तिमानसमेत तोडेका छन्।

मालोर्काविरुद्धको खेलमा मेस्सीले खेलको १७औं, ४१औं र ८३औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरेका थिए। त्यसअघि एन्टोनी ग्रिजमानले सातौं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। लुइस सुवारेजले ४३औं मिनेटमा बार्सिलोनाका लागि १ गोल गरेका थिए।

मालोर्काका लागि एन्टे बुडिमिरले खेलको ३५औं र ६४औं दुई गोल गरे।

जितसँगै बार्सिलोना १५ खेलबाट ३४ अंकका साथ लिगको शीर्ष स्थानमा छ। समान खेल र अंक भए पनि रियाल मड्रिड गोलअन्तरको आधारमा दोस्रो स्थानमा छ।

शनिबार रातिकै खेलमा रियाल म्याड्रिडले इस्पानियोललाई २-० गोलले पराजित गर्दै ३ अंक जोडेको छ।

प्रकाशित: Dec 08, 2019| 04:21 आइतबार, मंसिर २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।