भारतको हैदरावादमा गत साता एक महिला डाक्टरको सामूहिक बलात्कारपछि हत्या भयो । प्रहरीले भोलिपल्ट नै चारजना अभियुक्त पक्राउ गर्यो । त्यसको भोलिपल्ट चारैजना अभियुक्त प्रहरी इन्काउन्टरमा मारिए ।
यो कदमलाई लिएर धेरै भारतीयले प्रहरीको प्रशंसा गरिरहेका छन् । इन्काउन्टर गर्ने प्रहरीलाई फूलमाला लगाउनुका साथै मानिसहरुले बोकेर सहर घुमाएका थिए ।
यद्यपि, भारतमै यो इन्काउन्टरलाई लिएर कतिपयले प्रश्न पनि उठाएका छन् र घटनाको निष्पक्ष छानबिनको माग गरिरहेका छन्।
भारतको राष्ट्रिय मानवअधिकार आयोगले पनि यस घटनाप्रति चासो दिँदै छानबिन गर्न निर्देशन दिइसकेको छ। यसैगरी तेलंगना उच्च अदालतले पनि राज्य सरकारलाई मारिएका चारै अभियुक्तको शव ९ डिसेम्बर (सोमबार) सम्म सुरक्षित राखेर पोस्टमार्टमको भिडियो अदालतमा बुझाउन आदेश दिएको छ।
मारिएका अभियुक्तका परिवारजनले पनि अदालतमा मुद्दा चलाइनुपूर्व नै प्रहरीद्वारा इन्काउन्टरमा मारिएकोमा आक्रोश व्यक्त गर्दै प्रहरीले बुनेको इन्काउन्टरको कथाप्रति विश्वास गर्न नसकिने बताएका छन्।
‘इन्काउन्टरको समय, प्रहरीको पूर्वतयारी, मुठभेडको दाबी, प्रहरी घाइते भएको बताइनु तथा सबै प्रहरी अधिकारीले एउटै बयान दिनुले इन्काउन्टरमा प्रश्न उठाएको कतिपय पूर्व प्रहरी अधिकारीहरुको भनाइ छ ।
बीबीसी