बिहीबार, असार ३२, २०८३

साग पुरुष फुटबल : फाइनल प्रवेशका लागि नेपाल र बंगलादेश भिड्दै

३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलतर्फ लिग चरणको अन्तिम खेलमा आज नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्दैछन्।
 |  आइतबार, मंसिर २२, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २२, २०७६

काठमाडौं– १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलतर्फ लिग चरणको अन्तिम खेलमा आज नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्दैछन्।

खेल दशरथ रंगशालामा बेलुका ५ बजे सुरु हुनेछ।

दुवै टिमका लागि आजको खेल महत्वपूर्ण छ । किनकि यही खेलको नतिजाका आधारमा फाइनल पुग्ने एक टोलीको टुंगो लाग्नेछ। नेपालले बराबरी खेले पनि फाइनल पुग्नेछ । बंगलादेशले भने फाइनल पुग्न खेल जित्नैपर्ने छ।

यसअघि शनिबार भएको खेलमा श्रीलंकालाई पराजित गरी भुटान फाइनल पुगिसकेको छ। भुटानको ४ खेलबाट ९ अंक छ ।

नेपालको ३ खेलबाट ७ अंक छ । समान खेल खेलेको बंगलादेशको भने ४ अंक छ। आजको खेलमा बंगलादेश विजयी भएमा उसको नेपालसँग समान अंक हुनेछ र हेड टु हेडका आधारमा बंगलादेश फाइनल पुग्नेछ।

प्रकाशित: Dec 08, 2019| 02:56 आइतबार, मंसिर २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।