बिहीबार, असार ३२, २०८३

महिला क्रिकेटमा नेपाललाई कास्य

१३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत महिला क्रिकेटमा नेपालले कास्य पदक जितेको छ।
 |  शनिबार, मंसिर २१, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २१, २०७६

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत महिला क्रिकेटमा नेपालले कास्य पदक जितेको छ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा कास्य पदकका लागि आज भएको खेलमा माल्दिभ्सलाई १० विकेटले पराजित गर्यो।

टस जितेर पहिले ब्याटिङ गरेको माल्दिभ्सले ११.३ ओभरमा सबै विकेट गुमाएर आठ रन मात्रै बनाउन सक्यो। ९ रनकाले लक्ष्य पछ्याएको नेपालले १.२ ओभरमै लक्ष्य पूरा गर्यो ।

माल्दिभ्सलाई सस्तैमा समेट्न ‘प्लेयर अफ दी म्याच’ बन्न सफल अञ्जली चन्दले चार ओभरमा एक रन खर्चेर चार विकेट लिइन्। नेपाली टोलीका प्रशिक्षक जगत टमाटाले स्वर्णको लक्ष्य पूरा नभए पनि खेलाडीले राम्रो प्रदर्शन गरेको बताए।

नेपाली टोलीका कप्तान रुविना क्षेत्रीले प्रतियोगिताबाट सिक्ने अवसर मिलेको बताइन्।

सागअन्तर्गत महिला क्रिकेटको फाइनलमा आइतबार श्रीलंका र बंगलादेश भिड्दैछन्।

प्रतियोगितामा नेपालसहित बंगलादेश, श्रीलंका र माल्दिभ्सको सहभागिता थियो।

प्रकाशित: Dec 07, 2019| 09:29 शनिबार, मंसिर २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।