बिहीबार, असार ३२, २०८३

क्रिकेटमा नेपाल बंगलादेशसँग पराजित

१३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष क्रिकेट खेलमा नेपाल बंगलादेशको यु–२३ टोलीसँग पराजित भएको छ।
 |  शनिबार, मंसिर २१, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २१, २०७६

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष क्रिकेट खेलमा नेपाल बंगलादेशको यु-२३ टोलीसँग पराजित भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा बंगलादेशसँग ४४ रनले पराजित भयाे। यससँगै नेपालको स्वर्ण जित्ने लक्ष्य अपुरै भएको छ।

जितका लागि १५६ रनको विजयी लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १११ रनमा समेटियो। नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४३ रन बनाए। यस्तै, उपकप्तान दीपेन्द्र सिंह ऐरीले १६ रन बनाउँदा अविनास बोहराले अविजित रहँदै १३ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।

बंगलादेशका तान्भिर इस्लाम, सौम्य सरकार, सुमोन खान र मेहेदी हसनले समान दुई विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० अ‍ोभरमा ६ विकेट गुमाउँदै १५५ रन बनाएको थियो। कप्तान नाजमूलले अविजित रहँदै ७५ रन जोडे। ६० बल खेलका उनले आफ्नो पारीमा चार छक्का र चार चौका प्रहार गरे। यस्तै, आफिफ होसेनले ५२ रन जोडे।

बलिङतर्फ नेपालका पारस खड्काले तीन विकेट हात पारे। यस्तै, दीपेन्द्र सिंह ऐरीले दुई तथा अविनास बोहराले एक विकेट लिए।

चार खेलमा दुई जित र हार व्यहोरेको नेपाल अंक तालिकामा तेस्रो स्थानमा छ। नेपालले चार खेलमा चार अंक जोडेको छ।

बंगलादेश अंकतालिकाको शीर्ष र श्रीलंका दोस्रो स्थानमा छन्। यी दुवै टिम प्रतियोगिताको फाइनल पुगेका छन्।

प्रकाशित: Dec 07, 2019| 09:08 शनिबार, मंसिर २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।