मंगलबार, चैत १०, २०८२

आज सागको सातौं दिन, कुन खेल कहाँ ?

महिलातर्फ नेपाल र भारतबीचको खेल पोखरा रंगशालामा दिउँसो ४ बजे हुनेछ ।
 |  शनिबार, मंसिर २१, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २१, २०७६

काठमाडौं। जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को सातौं दिन आज शनिबार १८ खेल हुँदैछन् । आज काठमाडौं, पोखरा र जनकपुर तीनै ठाउँमा प्रतिस्पर्धा हुँदैछन् ।

National life

आर्चरी, एथ्लेटिक्स, बास्केटबल, फुटबल, क्रिकेट, ह्यान्डबल, कबड्डी, साइक्लिङ, पौडी, सुटिङ, जुडो, टेनिस, बिच भलिबल, भारोत्तोलन, स्क्वास, कुस्ती, बक्सिङ र फेन्सीङको प्रतिस्पर्धा आज हुनेछ ।

महिला फुटबल, महिला क्रिकेट, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबल पोखरामा हुनेछ भने कुस्ती जनकपुरमा हुनेछ । बाँकी अन्य खेल काठमाडौंमा हुनेछन् ।
पदक तालिकामा नेपाललाई भारतले उछिनिसकेको छ । दोस्रो स्थानमा नेपाल छ ।

कुन खेल कहाँ ?

पुरुष फुटबलमा आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले तेस्रो खेलमा माल्दिभ्सको सामना गर्दैछ । खेल दिउँसो साढे एक बजे हुनेछ । यस्तै अर्को खेलमा श्रीलंका र भुटानबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल साँझ साढे ५ बजे हुनेछ ।

Laxmi sunrise bank
kumari

महिलातर्फ नेपाल र भारतबीचको खेल पोखरा रंगशालामा दिउँसो ४ बजे हुनेछ ।

पुरुष क्रिकेटमा आज नेपालले बंगलादेशको यू २३ टिमको सामना गर्नेछ । अर्को खेलमा भुटान र माल्दिभ्स खेल्नेछ । 

सुटिङतर्फ शनिबार दुई खेल छन् । सागको सातौं दिन दुई प्रतिस्पर्धामा फाइनल हुँदैछ ।

स्क्वासतर्फ शनिबार पुरुष तथा महिलातर्फको सेमिफाइनल खेल रहेको छ । महिलातर्फ भारत र पाकिस्तान भिड्दैछन् । पुरुषतर्फ दुबै सेमिफाइनलमा भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ ।

जुडोको खेलको औपचारिक सुरुवात शनिबार हुँदैछ । तर, प्रतिस्पर्धाहरु भने आइतबारबाट सुरु हुनेछ ।

बक्सिङमा शनिबार विभिन्न १४ खेलहरु हुनेछ । जसमा नेपालले ५ इभेन्टमा प्रतिस्पर्धा गर्नेछ । 

ह्याण्डबलमा शनिबार सेमिफाइनलको खेल हुनेछ । महिलाको सेमिफाइनलमा नेपाल र पाकिस्तान तथा भारत र बंगलादेश भिड्नेछन् ।

आर्चरीमा शनिबार विभिन्न खेलहरु हुने छ । शनिबार टिमतर्फ सेमिफाइनलका खेलहरु र एकलतर्फ भने क्वाटरफाइनलका खेलहरु हुनेछ ।

साइक्लिङ अन्तर्गत शनिबार पनि विभिन्न खेल हुनेछ । साइक्लिङको इलाइट स्पर्धामा शनिबार पुरुषमा १ सय किलोमिटर तथा महिलामा ८० किलोमिटर दूरीमा प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित: Dec 07, 2019| 03:32 शनिबार, मंसिर २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।