बिहीबार, असार ३२, २०८३

पुरुष क्रिकेटमा स्वर्ण दाबेदार बंगलादेशसँग खेल्दै नेपाल

 |  शनिबार, मंसिर २१, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर २१, २०७६

काठमाडौं। जारी १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष क्रिकेटमा नेपालले आज बंगलादेशको यू २३ सँग खेल्दैछ । बंगलादेश स्वर्ण पदक दाबेदार हो।

यो खेल जितेमा नेपाल फाइनलमा पुग्नेछ। पाँच राष्ट्र सहभागी पुरुष क्रिकेटअन्तर्गत राउण्ड रोविन लिगको पहिलो खेलमा नेपाल श्रीलकासँग ६ विकेटले पराजित भएको थियाृ । भुटान र माल्दिभ्सविरुद्ध भने नेपालले सहज जित हात पारेको छ ।

श्रीलंका र बंगलादेशको खेल हुनै बाँकी भएकाले फाइनल पुग्न नेपालले आजको खेल जित्नैपर्ने बाध्यता छ । पराजित भएमा भने नेपालको स्वर्ण सम्भावना आजै समाप्त हुनेछ ।

श्रीलंका लगातार तीन खेल जित्दै ६ अंकका साथ अंक तालिकामा शीर्ष स्थानमा छ । बंगलादेशको २ खेलबाट ४ अंक छ । र, दुवै टिम अपराजित छन् । माल्दिभ्स र भुटानले ३ खेल खेलिसकेका छन् र सबैमा हार बेहोरेका छन् । आज नै भुटान र माल्दिभ्सबीच पनि खेल हुनेछ ।

प्रकाशित: Dec 07, 2019| 03:21 शनिबार, मंसिर २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।