मंगलबार, चैत १०, २०८२

कुस्तीमा नेपाललाई एक रजत र एक कास्य

सिवांगी दुवेले रजत र पुरुषतर्फ ५७ केजी तौल समूहमा नरेशप्रसाद यादवले कास्य पदक जितेका छन्।
 |  शुक्रबार, मंसिर २०, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २०, २०७६

जनकपुरधाम -१३औं सागअन्तर्गत महिलातर्फ नेपालका सिवांगी दुवेले रजत र पुरुषतर्फ ५७ केजी तौल समूहमा नरेशप्रसाद यादवले कास्य पदक जितेका छन्।

National life

जनकपुरमा शुक्रबार भएको ६५ केजी तौल समूहमा नेपालका सरोज यादवले कास्य पदक जिते।

कुस्तीमा महिलातर्फ ५० र ५३ केजी तथा पुरुषतर्फ ५७ र ६५ केजी तौल समूहमा भारतले स्वर्ण पदक जितेको जितेको छ।

५० केजी तौल समूहको महिला कुस्तीमा भारतकी तोमर शीतलले स्वर्ण र श्रीलंकाकी निरोशनीले रजत जिते।

यसैगरी महिलातर्फ नै ५३ केजी तौल समूहमा भएको खेलमा भारतकी पिंकीले स्वर्ण र श्रीलंकाकी समिकाले कास्य पदक हात पार्न सफल भएका छन्।

Laxmi sunrise bank
kumari

पुरुषतर्फ ५७ केजी उमेर समूहमा भारतका राहुलले स्वर्ण, श्रीलंकाका कथुरांगनाले रजत जिते। ६५ किलो उमेर समूहमा भएको खेलमा पनि भारतकै अमित कुमारले स्वर्ण जिते।

श्रीलंकाका चमाराले रजत र नेपालका सरोज यादवले कास्य पदक प्राप्त गरे।

सागअन्तर्गत शुक्रबारदेखि जनकपुरको मुजेलियास्थित कभर्डहलमा कुस्ती प्रतियोगिता सुरु भएको हो। २३ गतेसम्म चल्ने प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, पाकिस्तान र बंगलादेशले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रकाशित: Dec 06, 2019| 15:42 शुक्रबार, मंसिर २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।