बिहीबार, असार ३२, २०८३

साग पदक तालिका : ४१ स्वर्णसहित नेपाल दाेस्राे स्थानमा

नेपालले शुक्रबार पाँच स्वर्ण जित्दै पदक तालिकामा दोस्रो स्थानमा रहेको छ।
 |  शुक्रबार, मंसिर २०, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २०, २०७६


काठमाडौं - १३ औँ सागअन्तर्गत नेपालले शुक्रबार पाँच स्वर्ण जित्दै पदक तालिकामा दोस्रो स्थानमा रहेको छ।

प्रतियोगिताको छैटौँ दिनसम्म पुग्दा भारत पहिलो स्थानमा छ । नेपालले ४१ स्वर्ण जित्दा भारतले ८१ स्वर्ण जितेको छ। श्रीलंकाले २२ स्वर्ण जितेर तेस्रो र पाकिस्तानले १५ स्वर्ण जितेर चौथो स्थान ओगटेको छ। माल्दिभ्सले दुई स्वर्ण जितेको छ भने भुटानले हालसम्म स्वर्ण पदक जित्न सकेको छैन।

नेपालका लागि शुक्रबार एथ्लेटिक्समा गोपीचन्द्र पार्की र भारोत्तोलनमा विकास थापाले स्वर्ण पदक जिते । गल्फमा सुवाष तामाङले व्यक्तिगत विधामा नेपाललाई स्वर्ण दिलाए । यस्तै गल्फमा टिम इभेन्टतर्फ चार खेलाडीले नेपाललाई स्वर्ण दिलाए। पौडीमा गौरिका सिंहले स्वर्ण जितिन्।

 

प्रकाशित: Dec 06, 2019| 15:21 शुक्रबार, मंसिर २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।