बिहीबार, असार ३२, २०८३

पौडीमा जलपरी गौरिकाले जितिन् अर्को स्वर्ण

१३ औं साग अन्तर्गत शुक्रबार भएको पौडी प्रतिस्पर्धामा गौरिका सिंहले अर्को ऐतिहासिक स्वर्ण जितेकी छन्।
 |  शुक्रबार, मंसिर २०, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २०, २०७६

काठमाडौं - १३ औं सागअन्तर्गत शुक्रबार भएको पौडी प्रतिस्पर्धामा गौरिका सिंहले अर्को ऐतिहासिक स्वर्ण जितेकी छन्।

सातदोबाटोस्थित पौडी पोखरीमा दुई सय मिटर ब्याक स्ट्रोकमा उनले स्वर्ण जितेकी हुन्।

गौरिकाले निर्धारित दूरी दुई मिनेट ५.०६ सेकेन्डमा पूरा गर्दै ऐतिहासिक स्वर्ण हात पारेकी हुन्। उनले भारतीय खेलाडीलाई दुई सेकेन्डभन्दा पनि कम अन्तरले पछि पारेकी थिइन्।

जलपरी गौरिका सागमा व्यक्तिगत स्पर्धामा स्वर्ण पदक जित्ने पहिलो नेपाली खेलाडी बनेकी हुन्। यसअघि नेपालका कुनै पनि खेलाडीले पौडीको व्यक्तिगत स्पर्धामा स्वर्ण पदक जित्न सकेको थिएन।

दक्षिण एसियाली पौडीमा भारतकाे दबदबा छ। 
यसअघि बिहीबार उनले एकल पौडीअन्तर्गत पहिलो ऐतिहासिक स्वर्ण जितेकी थिइन्।

उनले तीन वर्षअघि ब्राजिलको रियो दि जेनेरियोमा आयोजित ‘ओलम्पिक’ मा नेपाललाई चर्चित बनाएकी थिइन् ।
गौरिका उक्त ओलम्पिकमा भाग लिने विश्वकै सबैभन्दा कान्छी (१३ वर्षकी) खेलाडी थिइन्। 

प्रकाशित: Dec 06, 2019| 12:49 शुक्रबार, मंसिर २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।