बिहीबार, असार ३२, २०८३

१३ औं साग : नेपालद्वारा माल्दिभ्स पराजित

१३ औं साग अन्तर्गत क्रिकेटमा नेपालले माल्दिभ्सलाई ८४ रनले पराजित गरेको छ।
 |  शुक्रबार, मंसिर २०, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २०, २०७६

काठमाडौं– १३ औं साग अन्तर्गत क्रिकेटमा नेपालले माल्दिभ्सलाई ८४ रनले पराजित गरेको छ।

१६४ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको माल्दिभ्सले ६ विकेट गुमाएर ७९ रनमा सीमित भयो। माल्दिभ्सका लागि मोहम्मद रिसवानले १३ र अली इभानले ११ रन जोडे। यस्ते, इब्राहिम हसनले अविजित रहँदै १२ रन जोडे । अन्य खेलाडीले दोहोरो अंकको रन छुन सकेनन्।

बलिङतर्फ नेपालका सुशान भारी र ललित राजवंशीले समान दुई विकेट लिँदा पवन सर्राफले एक विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६३ रन जोडेको थियाृे। अलराउन्डर करन केसीले आक्रामक ब्याटिङ गरेपछि १६३ रनको स्कोर बनाएको हो।

करनले १६ बलमा ४० रन जोडेका अन्तिम ओभरमा २४ रन जोडेका थिए। यस्तै, नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३९, पारस खड्काले ११, ज्ञानेन्द्र मल्लले १९, आरिफ शेखले १७ रन जोडे।

माल्दिभ्सका एल साफिगले सर्वाधिक तीन विकेट लिए। यस्तै, अमिल मौरुपले दुई र उमर आदम तथा मोहम्मद मौरुपले समान एक विकेट लिए।

जारी प्रतियोगिताका तीन खेलमध्ये नेपाल दुईमा विजयी भएको छ। यसअघि नेपालले भुटानलाई पराजित गरेको थियो भने श्रीलंका यु–२३ सँग हार व्यहोरेको थियो ।

नेपालले समूह चरणको आफ्नो अन्तिम खेल बंगलादेश यु–२३ सँग खेल्नेछ।

प्रकाशित: Dec 06, 2019| 10:21 शुक्रबार, मंसिर २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।