बिहीबार, असार ३२, २०८३

नेपालले माल्दिभ्सलाई दियो १६४ रनको लक्ष्य

१३ औं सागअन्तर्गत क्रिकेटमा नेपालले माल्दिभ्सलाई एक सय ६४ रनको लक्ष्य दिएको छ।
 |  शुक्रबार, मंसिर २०, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २०, २०७६

काठमाडौं– १३ औं सागअन्तर्गत क्रिकेटमा नेपालले माल्दिभ्सलाई एक सय ६४ रनको लक्ष्य दिएको छ।

अलराउन्डर करन केसीले आक्रामक ब्याटिङ गरेपछि नेपालले माल्दिभ्ससामु ७ विकेट गुमाएर १६३ रन जोडेको हो ।

करनले १६ बलमा ४० रन जोडेका अन्तिम ओभरमा २४ रन जोडेका थिए। यस्तै, नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३९, पारस खड्काले ११, ज्ञानेन्द्र मल्लले १९, आरिफ शेखले १७ रन जोडे।

माल्दिभ्सका एल साफिगले सर्वाधिक तीन विकेट लिए। यस्तै, अमिल मौरुपले दुई र उमर आदम तथा मोहम्मद मौरुपले समान एक विकेट लिए।

माल्दिभ्सले १६४ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरिरहेको छ।

नेपालले फाइनल प्रवेशका लागि कम्तिमा माल्दिभ्सविरुद्धको जित आवश्यक छ।

प्रकाशित: Dec 06, 2019| 09:53 शुक्रबार, मंसिर २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।