मंगलबार, फागुन १९, २०८२

बलात्कृत महिलालाई अदालत जाँदै गर्दा जलाइयो

२३ वर्षीया ती महिला गम्भीर घाइते भएकी छन्। लखनउमा उपचार हुन नसकेपछि उनलाई दिल्ली लगिएको छ।
 |  शुक्रबार, मंसिर २०, २०७६

बीबीसी

बीबीसी

शुक्रबार, मंसिर २०, २०७६

नयाँदिल्ली- उत्तर प्रदेशमा बलात्कृत एक महिलालाई अदालत जाँदै गर्दा बाटोमा जलाउने प्रयास भएको छ। २३ वर्षीया ती महिला गम्भीर घाइते भएकी छन्। लखनउमा उपचार हुन नसकेपछि उनलाई दिल्ली लगिएको छ।

उनको अवस्था चिन्ताजनक रहेको बताइएको छ। उनको शरीरको धेरै भाग जलेको छ।

उनले गत मार्चमा आफू बलात्कृत भएको भन्दै दुई पुरुषविरुद्ध जाहेरी दिएकी थिइन्। उक्त मुद्दाको सुनुवाइका लागि अदालत जाँदै गर्दा बाटोमा पुरुषको एक समूहले तानेर आगो लगाएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

घटनापछि बलात्कार गरेको आरोप लागेका दुईसँगै अरू चारजना पुरुषलाई प्रहरीले गिरफ्तार गरेको छ।

घटनापछि सामाजिक सञ्जालहरूमा यसको चर्का विरोध भएको छ।

kumari

भारतमा एक साताअघि मात्र त्रासदीपूर्ण हत्या र बलात्कारको दुईवटा घटना सञ्चारमाध्यममा प्रमुखताका साथ सार्वजनिक भएका थिए।

एउटा घटनामा भारतको हैदरावादमा गत नाभेम्बर २७ मा एकजना २७ वर्षीया महिलाको बलात्कारपछि आगो लगाएर हत्या भएको थियो।

सन् २०१२ को डिसेम्बरमा नयाँदिल्लीमा एकजना युवतीको यात्रुबाहक बसमा सामूहिक बलात्कारपछि हत्या भएको थियो ।

सन् २०१७ मा भारतमा बलात्कारसम्बन्धी ३३ हजार ६ सय ५८ मुद्दा दर्ता भएका छन्। यो हिसाबले भारतमा प्रत्येक दिन ९२ बटा बलात्कारसम्बन्धी घटना हुने गर्छन्।

प्रकाशित: Dec 06, 2019| 03:24 शुक्रबार, मंसिर २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।