मंगलबार, चैत १०, २०८२

महिला फुटबलको उपाधिका लागि नेपाल र भारत भिड्ने

१३ औं दक्षिण एसियाली खेलकुद (साग) को महिला फुटबलमा स्वर्णका लागि नेपाल र भारत भिड्ने भएका छन्।
 |  बिहीबार, मंसिर १९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १९, २०७६

काठमाडौं - १३ औं दक्षिण एसियाली खेलकुद (साग) को महिला फुटबलमा स्वर्णका लागि नेपाल र भारत भिड्ने भएका छन्। विहीबार माल्दिभ्सलाई ३-० ले हराएपछि नेपाल एक खेल अगावै फाइनल पुगेको हो। यो नतिजासँगै नेपाल लगातार तेस्रो पटक साग महिला फुटबलको उपाधिका लागि भारतसँग भिड्न लागेको हो।

National life

माल्दिभ्ससँगको खेलमा नेपालका लागि सावित्राले ह्याट्रिक गरिन्। पहिलो हाफमा २ गोल गरेकी सावित्राले इन्जुरी समयको पहिलो मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै ह्याट्रिक पुरा गरिन्। उनले पहिलो हाफको १८ र २२ औं मिनेटमा गोल गरेकी थिइन्। ह्याट्रिकसँगै उनी नेपालकी सर्वाधिक गोलकर्तासमेत बनिन्।

भारतले पनि एक खेल अगावै फाइनलमा स्थान पक्का गरिसकेको छ। फाइनल अघि राउन्ड रोविनमा भारत र नेपालबीच शनिबार प्रतिस्पर्धा हुनेछ।

यसअघिका दुवै संस्करणमा भारतले स्वर्ण र नेपालले रजत पदक जितेको थियो। नेपालका लागि महिला फुटबलमा हरेक प्रतियोगितामा भारत बाधक बन्दै आएको छ। यसपटक घरेलु भूमिमा भारतलाई पराजित गर्दै स्वर्ण जित्ने नेपालका लागि ठूलो अवसर रहेको छ।

प्रकाशित: Dec 05, 2019| 11:43 बिहीबार, मंसिर १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।