बुधबार, मंसिर २०, २०८०

प्रदेश २ मा जसपा र लोसपाबीच कार्यकर्ता तानातान

अहिले प्रत्येक प्रदेशमा नेकपा (एमाले)बाट अलग्गिएर बनेको नेकपा (एकीकृत समाजवादी) पार्टी र जसपाबाट अलग्गिएर बनेको लोकतान्त्रिक समाजवादी पार्टीको पक्षमा सनाखत चलिरहेको छ।
 |  बिहीबार, भदौ १७, २०७८
averest bankaverest bank

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १७, २०७८

जनकपुरधाम– अहिले प्रत्येक प्रदेशमा नेकपा (एमाले)बाट अलग्गिएर बनेको नेकपा (एकीकृत समाजवादी) पार्टी र जसपाबाट अलग्गिएर बनेको लोकतान्त्रिक समाजवादी पार्टीको पक्षमा सनाखत चलिरहेको छ। 

sagarmatha cement

प्रदेश २ जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी दुवै दलका लागि महत्वपूर्ण प्रदेश हो। जसपा र लोसपाका नेताहरु अहिले नेता कार्यकर्ताहरुलाई आ–आफ्नो पक्षमा ल्याउने कसरतमा लागेका छन्। सोही क्रममा लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेताद्वय राजेन्द्र महतो र शरदसिंह भण्डारी जनकपुरधाम आइपुगेका छन्।

जसपाभन्दा लोसपाको शक्ति प्रदेश २ मा कम रहेको समयमा कार्यकर्ताहरुमा उत्साह भर्नुका साथै आफ्नो पक्षमा बढीभन्दा बढी जनप्रतिनिधिहरुलाई सनाखत गराउने उद्देश्यले अध्यक्ष ठाकुरसँगै ती नेताहरु जनकपुर आएका हुन्। हुन त यसअघि नै जसपा अध्यक्ष उपेन्द्र यादव समेत जनकपुरधाम आएर फर्किसकेका छन्।  

तत्कालिन समाजवादी पार्टीको ३० र तत्कालिन राजपाको २५ प्रदेशसभा सदस्यहरु गरी जसपाको कुल ५५ प्रदेशसभा सदस्य छन्। तत्कालिन राजपाका ९ जना प्रदेशसभा सदस्यहरु उपेन्द्र यादवसँगै लागेपछि लोसपा कमजोर बनेको हो। जसपासँग अहिले प्रदेश २को प्रदेशसभामा सबैभन्दा बढी ३९ प्रदेशसभा सदस्य छन्।

संख्यात्मक रुपमा अहिले हामी कमजोर देखिए पनि धरातलमा जसपाभन्दा हाम्रो स्थिति मजबुत रहेको दाबी लोसपाका अध्यक्ष महन्थ ठाकुर गर्छन्। बुधबार आफ्ना कार्यकर्ताहरुलाई एक ढिक्का बनाउनका लागि जनकपुर अएका ठाकुरले भने, ‘हाम्रो बारेमा कसैले कमजोर रहेको विश्लेषण गर्दैमा हामी कमजोर हुँदैनौं, जसपा भन्दा हामी स्ट्रङ छाँै।’

तत्कालिन राजपा नेपालबाट निर्वाचित अधिकांश जनप्रतिनिधि तथा प्रदेशसभा सदस्यहरु जसपामै रहेको समयमा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता सरतसिंह भण्डारी र राजेन्द्र महतोको आगमनलाई लोसपाको दृष्टिले अर्थपूर्ण रुपमा देखिएको छ। तत्कालिन राजपाकै प्रदेशसभा सदस्यहरु उपेन्द्रको नेतृत्वमा जसपा तर्फ लागेपछि लोसपाका नेताहरुलाई कार्यकर्ता सम्हाल्न धौ–धौ परिरहेको छ।

यता उपेन्द्र यादव नेतृत्वको जसपाका नेताहरुले समेत लोसपाका जनप्रतिनिधिहरुलाई लोसपाको पक्षमा सनाखत नगरी आफ्नै पक्षमा दबाब दिन समेत कसरत गरिरहेका छन्। त्यसैले पनि महन्थ ठाकुरको जनकपुरधाम आगमनले कार्यकर्ताहरुलाई एकजुट बनाउन सहज हुने लोसपाका नेता परमेश्वर साहले बताए।

बुधबार लोसपाको पक्षमा १० जना प्रदेशसभा सदस्यहरुले निर्वाचन आयोगको कार्यालयमा पुगेर सनाखत गराएका छन्। जितेन्द्र सोनल, उपेन्द्र महतो, अभिराम शर्मा, डिम्पल झा लगायतका नेताहरुले बिहीबार सनाखत गराउने बताइएको छ। बुधबार सनाखत गराएका नेताहरुका साथै कार्यकर्ताहरुलाई अध्यक्ष ठाकुर र वरिष्ठ नेताद्वय महतो र भण्डारीले तत्कालिन राजपाबाट निर्वाचित भएपनि जसपातर्फ लागिसकेका नेता कार्यकर्ताहरुलाई आफ्नो पक्षमा पार्नका लागि अन्तिम प्रयास गर्न निर्देशन दिएका थिए। यसका साथै उनीहरुले टोल टोलमा पगेर पार्टी निर्माणमा लाग्न निर्देशन दिएका थिए।  


प्रकाशित: Sep 02, 2021| 11:00 बिहीबार, भदौ १७, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।