बिहीबार, असार ३२, २०८३

पोखरामा आर्चरी सुरु, ४ देशमात्र सहभागी

 |  बिहीबार, मंसिर १९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १९, २०७६

पोखरा– जारी १३ औं सागअन्तर्गत आजदेखि पोखरामा आर्चरी खेल शुरु भएको छ । पाकिस्तान अन्तिम समयमा आएर सहभागी नहुने भएपछि आज उक्त खेलको उद्घाटनसहित अभ्यास खेल शुरु भएको नेपाल आर्चरी सङ्घका केन्द्रीय वरष्ठ उपाध्यक्ष वसन्त थकालीले बताए ।

मङ्सिर २३ गतेसम्म चल्ने उक्त खेलको उद्घाटन १३ औंँ साग स्थानीय व्यवस्थापन तथा सहजीकरण समिति पोखराका सदस्य एवं गण्डकी प्रदेशसभा सदस्य मोहन रेग्मीले गरे ।

आजदेखि र्याङकिङ राउण्ड शुरु हुने भनिए पनि पाकिस्तान प्रतियोगितामा सहभागी नभएकाले शुक्रबारदेखि सो राउण्ड शुरु हुने भएको छ ।

प्रतियोगितामा नेपालसहित भुटान, श्रीलङ्का र बङ्गलादेश सहभागी छन् । भुटानका नौ तथा अन्य तीन देशका १६–१६ खेलाडी प्रतियोगितामा सहभागी हुनेछन् । टिम रिकर्भ (७० मिटर) महिला पुरुष, एकल रिकर्भ, महिला तथा पुरुष र मिक्स रिकर्भ गरी पाँच स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने भएको छ ।

त्यसै गरी कम्पाउण्ड (५० मिटर) महिला तथा पुरुष, कम्पाउण्ड एकल महिला तथा पुरुष र मिक्सतर्फ पाँच स्वर्ण गरी जम्मा १० स्वर्ण पदकका लागि ५७ खेलाडी प्रतिस्पर्धामा उत्रिने भएका हुन् । प्रतियोगितामा सहभागी खेलाडीको विश्व आर्चरी महासङ्घले र्याङकिङ गर्ने भएको छ ।

रासस

प्रकाशित: Dec 05, 2019| 11:15 बिहीबार, मंसिर १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।