बिहीबार, असार ३२, २०८३

नेपालले १३औं सागमा बनायो सर्वाधिक स्वर्णको कीर्तिमान

नेपालले दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को एकै संस्करणमा सबैभन्दा बढी स्वर्ण जित्ने कीर्तिमान बनाएको छ
 |  बिहीबार, मंसिर १९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १९, २०७६

काठमाडौं– नेपालले दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को एकै संस्करणमा सबैभन्दा बढी स्वर्ण जित्ने कीर्तिमान बनाएको छ। बुद्धिबहादुर तामाङले साइक्लिङमा नेपालका लागि ३२औं स्वर्ण जितेसँगै नयाँ कीर्तिमान बनेको हो।

नेपालले २० वर्षअघिको अर्थात सन् १९९९ मा नेपालमै भएको आठौं सागमा ३१ स्वर्ण जितेको थियो। जारी १३औं सागको पाँचौं दिनमा उक्त रेकर्ड टुटेको छ। नेपालका लागि लक्ष्मी मगरले बराबरी अर्थात् ३१ औं स्वर्ण दिलाएकी थिइन्। नेपाललाई पहिलो स्वर्ण मन्डेकाजी श्रेष्ठले दिलाएका थिए।

आठौं सागमा नेपालले ३१ स्वर्ण जितेको थियो। त्यतिबेला नेपालले कराते र तेक्वान्दोमा १४–१४, बक्सिङमा दुई र पौडीबाट एक स्वर्ण जितेको थियो।

जारी सागमा यो समाचार तयार पार्दासम्म नेपाल ३२ स्वर्ण, १७ रजत र २९ कांस्य गरी कूल ७८ पदक जित्दै पदक तालिकाको दोस्रो स्थानमा रहेको छ भने ३८ स्वर्णसहित भारत पहिलो स्थानमा रहेको छ।

 

 

प्रकाशित: Dec 05, 2019| 10:03 बिहीबार, मंसिर १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।