बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • साइक्लिङमा बुद्धिबहादुरले दिलाए ३२औं स्वर्ण, रजत र कास्य पनि नेपाललाई नै

साइक्लिङमा बुद्धिबहादुरले दिलाए ३२औं स्वर्ण, रजत र कास्य पनि नेपाललाई नै

 |  बिहीबार, मंसिर १९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १९, २०७६

काठमाडौं । बुद्धिबहादुर तामाङले जारी १३ औं सागमा साइक्लिङतर्फ नेपाललाई स्वर्ण पदक दिलाएका छन्। यससँगै जारी सागमा नेपालको स्वर्ण पदक संख्या ३२ पुगेको छ ।

गोकर्णेश्वर नगरपालिकास्थित राष्ट्रिय सहिद एवम् शान्ति पार्कमा बिहिबार नेपालका बुद्धि बहादुर तामाङले स्वर्ण जितेका हुन् । क्रस कन्ट्रीको ४ किमिको ४ ल्यापमा बुद्धिले १ घण्टा १९ मिनेट ०८ सेकेण्डको समय निकाले।

यस्तै नेपालका राजिव राईले रजत र नेपालकै ओकेशराज बज्राचार्यले कास्य जितेका छन्। राजिवले १ घण्टा १९ मिनेट ४० सेकेण्ड र ओकेशले १ घण्टा २१ मिनेटको समय निकाले।

महिलातर्फ नेपालकै लक्ष्मी मगरले स्वर्ण जित्दा उषा खनालले रजत जितेकी थिइन्। बुद्धिले स्वर्ण जितेसँगै नेपालले साग इतिहासको एकै संस्करणमा सर्वाधिक स्वर्णको कीर्तिमान बनाएको छ।

नेपालले साग इतिहासमा पहिलोपटक ३२ स्वर्ण जितेको हो। नेपालले यसअघि नेपालमै भएको आठौं सागमा सर्वाधिक ३१ स्वर्ण जितेको थियो ।

 

प्रकाशित: Dec 05, 2019| 09:48 बिहीबार, मंसिर १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।