बिहीबार, असार ३२, २०८३

सागमा नेपालको २० वर्षअघिको कीर्तिमान बराबरी

नेपालले दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को एकै संस्करणमा सबैभन्दा बढी स्वर्ण जित्ने कीर्तिमान बराबरी गरेको छ।
 |  बिहीबार, मंसिर १९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १९, २०७६

काठमाडौं– नेपालले दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को एकै संस्करणमा सबैभन्दा बढी स्वर्ण जित्ने कीर्तिमान बराबरी गरेको छ।

बिहीबार भएको साइक्लिङ क्रस कन्ट्री स्पर्धामा स्वर्ण जितेसँगै नेपालले २० वर्षअघिको कीर्तिमान बराबरी गरेको हो। नेपालका लागि लक्ष्मी मगरले ३१ औं स्वर्ण दिलाइन्।

यसअघि सन् १९९९ मा घरेलु भूमिमा आयोजना भएको आठौं सागमा नेपालले ३१ स्वर्ण जितेको थियो। त्यतिबेला नेपालले कराते र तेक्वान्दोमा १४–१४, बक्सिङमा दुई र पौडीबाट एक स्वर्ण जितेको थियो।

यो नै सागको एकै संस्करणमा नेपालले जितेको सर्वाधिक स्वर्ण हो।

जारी सागमा नेपालले ३१ स्वर्णसहित १७ रजत र २८ कास्य गरी ७६ पदक जितिसकेको छ।

प्रकाशित: Dec 05, 2019| 09:08 बिहीबार, मंसिर १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।