शुक्रबार, वैशाख २१, २०८१
  • गृहपृष्ठ
  • समाज
  • फलोअप : जेलमा रहेका दुई निर्दोष सैनिकको मुद्दामा फेरि पेसी, आजै फैसला हुन सक्ने

फलोअप : जेलमा रहेका दुई निर्दोष सैनिकको मुद्दामा फेरि पेसी, आजै फैसला हुन सक्ने

एसएमजी हतियार चोरीको झुटो अभियोगमा साढे दुई वर्षदेखि जेल सजाय काटिरहेका सैनिकद्वय अमल्दार लबकुमार गुरुङ र सिपाही सरोज तामाङको मुद्दाको पेसी बिहीबार (आज) का लागि तोकिएको छ। सैनिक विशेष अदालतले सम्भवतः आज उनीहरूले चढाएको पुनरावेदनमाथि फैसला गर्नेछ।
 |  बिहीबार, भदौ १७, २०७८

अनिल यादव

अनिल यादव

बिहीबार, भदौ १७, २०७८

काठमाडौं– एसएमजी हतियार चोरीको झुटो अभियोगमा साढे दुई वर्षदेखि जेल सजाय काटिरहेका सैनिकद्वय अमल्दार लबकुमार गुरुङ र सिपाही सरोज तामाङको मुद्दाको पेसी बिहीबार (आज) का लागि तोकिएको छ। सैनिक विशेष अदालतले सम्भवतः आज उनीहरूले चढाएको पुनरावेदनमाथि फैसला गर्नेछ। 

triton college

जुन हतियार चोरी गरेको अभियोगमा लबकुमार र सरोजलाई सजाय दिइएको थियो, त्यही हतियार गत साउन ७ गते चितवनमा भएको सैनिक भरत गुरुङको हत्यामा संलग्न सिपाही गंगाधर ढकालको साथबाट भेटिएपछि पुरानो घटना बाहिर आएको थियो। 

सामान्यतः ६ महिनाभित्र मुद्दाको टुंगो लगाउनुपर्ने भए तापनि सैनिक विशेष अदालतले २८ महिनादेखि अल्झाएर राखेको लबकुमार र सरोजको मुद्दामाथि अकस्मात् अघिल्लो साताको बिहीबार पेसी तोकेको थियो। उक्त इजलासले लबकुमार–सरोजको केससँग जोडिएको गंगाधर ढकालको चार्जसिट र यही प्रकरणमा लबकुमारकी जेठीसासू तारा तामाङ र भाइ पवन गुरुङले पाटन अदालतबाट पाएको सफाइको फाइल झिकाउन आदेश दिएको थियो।

सैनिक मुख्यालयले विशेष चासोका साथ हेरिरहेको यो मुद्दामाथि सैनिक विशेष अदालत पनि छिटो फैसला गर्ने मुडमा देखिन्छ। ‘आज पेसी तोकिएको खबर पनि हामीलाई हिजो साँझ मात्रै प्राप्त भयो। कारण, पेसी तोकिएको पत्र पनि चितवन कारागारमा साँझ ६ बजे मात्रै गएको रहेछ,’ लबकुमार–सरोजको तर्फबाट मुद्दा लडिरहेका अधिवक्ता अरुण पौड्यालले भने। 

‘सम्भवतः बुधबार साँझ गंगाधरको मुद्दाको पनि फैसला भइसक्यो। तर, लबकुमार–सरोजको मुद्दाको फैसला आएपछि मात्रै सैनिक मुख्यालय यसको औपचारिक खबर बाहिर ल्याउने मुडमा देखिन्छ,’ सैनिक उच्च स्रोतले भन्यो। 

झुटो अभियोगमा दुई सैनिकले जेल सजाय भोगिरहेकोबारे नेपाल समयले निरन्तर समाचार प्रकाशन गरेपछि सैनिक मुख्यालयले हतियार प्रकारणबारे अनुसन्धानका गर्न एक छानबिन टोली चितवन पठाएको थियो। छानबिन टोलीको प्रतिवेदन प्राप्त भएपछि सैनिक विशेष अदालतले अघिल्लो साता पेसी तोकेको थियो। भरत गुरुङको हत्यासँगै हतियार चोरीको मुद्दामा सेनाले गंगाधरविरुद्ध मुद्दा दर्ता गरेपछि समरी जनरल सैनिक अदालतमा उनको ‘कोर्ट मार्सल’ चलिरहेको थियो। ‘सम्भवतः बुधबार साँझ गंगाधरको मुद्दाको पनि फैसला भइसक्यो। तर, लबकुमार–सरोजको मुद्दाको फैसला आएपछि मात्रै सैनिक मुख्यालय यसको औपचारिक खबर बाहिर ल्याउने मुडमा देखिन्छ,’ सैनिक उच्च  स्रोतले भन्यो। 

corrent noodles
Metro Mart

अहिले गंगाधर ढकालको साथमा भेटिएको १००७९२ बडी नम्बरको ‘गन’ साढे दुई वर्षअघि चितवनको कालीबहादुर गणबाट हराएको थियो। त्यतिबेला त्यही गन चोरी गरेको अभियोगमा लबकुमार र सरोजलाई चार महिना सैनिक हिरासतमा राखेर यातना दिइएको थियो। यातनापछि कालीबहादुर गणमै मुकाम भएको समरी जनरल सैनिक अदालतले उनीहरूलाई कैद सजाय सुनाएको थियो।

सैनिक ऐन, २०६३ को दफा ४९ को खण्ड (क) र दफा ५२ को खण्ड (६) बमोजिम दोषी ठहर गरी २०७५ चैत २५ गते उदयपुर, गाईघाटका सैनिक अमल्दार लबकुमार गुरुङलाई १० वर्ष र र मोरङ सुन्दरहरैँचाका सैनिक जवान सरोज तामाङलाई ७ वर्षको कैद सजाय सुनाएको फैसलामा उल्लेख छ। त्यतिबेला सैनिक अदालतका अध्यक्ष सहायक रथी सहदेव खड्का थिए। 

जब समरी जनरल अदालतले चोरी ठहर गर्दै कैद फैसला सुनायो, त्यसको केही दिनपछि २०७६ वैशाख ६ मा नै गुरुङ र तामाङ फैसलाविरुद्ध सैनिक विशेष अदालतमा पुनरावेदन गर्न पुगेका थिए।  

तर, कुनै सुनुवाइ हुन सकेको थिएन। यही क्रममा जब उनीहरूले चोरेको हतियार अर्कैले चोरेको पुष्टि भयो, त्यसपछि यो खबरले सैनिकवृत्तमा तरंग ल्याएको हो। 

हामीले यसअघि शृंखलाको दोस्रो भागमा कारागारमै रहेका सरोज तामाङसँगको कुराकानी प्रकाशित गरेका थियौं। हामीसँगको कुराकानीमा उनले आफूहरूलाई सैनिक हिरासतमा चार महिना चरम यातना दिइएपछि जबर्जस्ती हतियार चोरेको कबुल गर्न बाध्य बनाइएको बताएका थिए। 

गंगाधरले अदालतसामु दिएको बयानमा गुरुङको हत्या त स्वीकारे नै, सँगसँगै हत्यामा प्रयोग गरिएको १००७९२ नम्बरको एसएमजी ‘गन’ २०७५ साल जाडोको महिनामा कालीबहादुर गणबाट चोरी गरेको पनि स्वीकारे। 
समरी जनरल अदालतले ‘गन’ चोरीको मुद्दामा सुनाएको फैसला चित्त नबुझेपछि गुरुङ र तामाङले सैनिक विशेष अदालतमा २०७६ वैशाख ६ गते पुनरावेदन चढाएका थिए। निर्दोष हुँदाहुँदै पनि सैनिकद्वयलाई जेलमा राखिएको र मुद्दाका क्रममा परिवारका सदस्यलाई चरम शारीरिक र मानसिक यातनाको वृत्तान्त हामीले यसअघिका शृखंलामा लेखेका छौं। 

जिल्ला प्रहरी कार्यालय चितवनले सैनिक भरत गुरुङको हत्या मुद्दामा अनुसन्धान टुंग्याएर एक साताअघि मात्र सरकारी वकिलको कार्यलयमार्फत जिल्ला अदालत चितवनमा मुद्दा दायर गरेको थियो। गुरुङको हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ परेका गंगाधर ढकालमाथि कर्तव्य ज्यान, अवैध रूपमा हतियार राखेको तथा चोरी गरेको अभियोगमा मुद्दा दायर भएको थियो।

गंगाधरले अदालतसामु दिएको बयानमा गुरुङको हत्या त स्वीकारे नै, सँगसँगै हत्यामा प्रयोग गरिएको १००७९२ नम्बरको एसएमजी ‘गन’ २०७५ साल जाडोको महिनामा कालीबहादुर गणबाट चोरी गरेको पनि स्वीकारे। 

हतियार चोरीमा संलग्न रहेको अरोपमा पक्राउ परेका सैनिक ढकालसहित मुद्दालाई सैनिक अदालत पठाउन चितवन जिल्ला अदालतले आदेश गरेको थियो। त्यसपछि सैनिक अदालतमा उक्त मुद्दाको कोर्ट मार्सल चलिरहेको थियो।

गाउँबाट काठमाडौं आइपुगेको लबकुमार र सरोजको परिवार यतिबेला न्यायको आसमा छ। ‘सबै कुरा घामजस्तै छर्ल‌ग भइसक्यो। आज त पक्कै न्याय पाइएला,’ लबकु्मारकी श्रीमती प्रमिलाले आशावादी भावमा भनिन्।

(हामी निरन्तर फलोअपमै छौं। अर्को शृंखलाका लागि नेपाल समय हेर्दै गर्नुहोला)

शृंखलाको बाह्रौं भाग

निर्दोष सैनिकका परिवारलाई यातना दिन प्रहरी पनि दोषी, यी हुन् दुई एसपी

प्रकाशित: Sep 02, 2021| 09:54 बिहीबार, भदौ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।