शुक्रबार, चैत ६, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • सागका लागि जनकपुर तयार, सहभागीलाई मिथिला संस्कृतिअनुसार स्वागत गरिने

सागका लागि जनकपुर तयार, सहभागीलाई मिथिला संस्कृतिअनुसार स्वागत गरिने

सागको १३ औं संस्करणअन्तर्गत जनकपुरको मुजेलियास्थित कभर्ड हलमा २० देखि २३ मंसिरसम्म कुस्ती प्रतियोगिता हुनेछ।
 |  मंगलबार, मंसिर १७, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १७, २०७६

जनकपुरधाम– साग अन्तर्गत जनकपुरमा २० मंसिरदेखि हुने कुस्ती खेलका लागि सम्पूर्ण तयारी पूरा भएको छ।

National life

सागको १३ औं संस्करणअन्तर्गत जनकपुरको मुजेलियास्थित कभर्ड हलमा २० देखि २३ मंसिरसम्म कुस्ती प्रतियोगिता हुनेछ।

प्रतियोगिताका लागि कभर्डहलभित्र रङरोगन गर्ने, झ्याल ढोका मर्मत गर्ने, विशिष्ट कक्षलगायतका पूर्वाधारहरुको मरम्मत गर्ने जस्ता सबै काम सम्पन्न भइसकेको स्थानीय आयोजक जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

“प्रतियोगिता हुने स्थान कभर्डहलको मरम्मत सम्भारदेखि भत्किएका भौतिक संरचनाहरु पुर्ननिर्माण भइसकेको छ, गनुपर्ने सबै काम भइसकेको छ,” जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कमलकिशोर चौधरीले भने, “अब सागका लागि हामी तयार छौं।”

प्रतियोगितामा भाग लिन नेपाली खेलाडीहरु मंगलबार जनकपुर पुग्दै छन् भने विदेशी खेलाडीहरु बुधबार साँझसम्म आइपुग्ने चौधरीले बताए ।
यसैगरी प्रतियोगितामा भारत, बांग्लादेश, श्रीलंका र पाकिस्तानबाट ७५ जना खेलाडी सहभागी हुँदैछन् । खेलाडी, रेफ्री र अन्य अफिसियलहरुका लागि जनकपुरका विभित्र होटलमा वासको व्यवस्था मिलाइएको छ ।

Laxmi sunrise bank
kumari

मिथिला संस्कृतिअनुसार स्वागत र साँझ आतिशबाजी

साग प्रतियोगितामा भाग लिन आउने खेलाडीहरुलाई मिथिला संस्कृतिअनुसार स्वागत गर्ने तयारी जिल्ला खेलकुद विकास समितिले गरेको छ ।

प्रतियोगितामा भाग लिन आउने नेपाली तथा विदेशका खेलाडीहरुलाई उद्घाटन हुने दिन २० मंसिरमा मैथिली गीत र नृत्यले स्वागत गर्ने तयारी रहेको अध्यक्ष चौधरीले जानकारी दिए ।

“सागका सहभागीलाई मिथिला संस्कृति अनुसार स्वागत गर्न मिथिला नाट्यकला परिषदलाई जिम्मा दिएका छौं,” चौधरीले भने। उद्घाटन खेलकै दिन साँझ प्रतियोगितास्थलमा आतिशबाजीको समेत तयारी गरिएको छ।

प्रतियोगिताअन्तर्गत पुरुषतर्फ ५७ केजी, ६५ केजी, ७० केजी, ७९ केजी, ८६ केजी, ९२ केजी र १२५ केजी तौल समूह तथा महिलातर्फ ५० केजी, ५३ केजी, ५५ केजी, ५७ केजी, ५९ केजी, ६२ केजी र ६८ केजी समूहमा प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित: Dec 03, 2019| 07:47 मंगलबार, मंसिर १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।