आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एनसेलको ‘रिचार्जमा चमत्कार’ योजनाका विजेता पुरस्कृत

एनसेलको ‘रिचार्जमा चमत्कार’ योजनाका विजेता पुरस्कृत

 |  शुक्रबार, मंसिर १३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १३, २०७६

काठमाडौं। एनसेलले आफ्नो नयाँ योजना ‘रिचार्जमा चमत्कार’ अफर अन्तर्गत पहिलो हप्ताका पाँच भाग्यशालीमध्येका दुई ग्राहकहरुलाई बिहीबार जनही रु. २ लाख नगद पुरस्कार वितरण गरेको छ ।

एनसेलले यो अफर मंसिर १ देखि संचालन गर्दै आएको छ । यस योजना अन्तर्गत हरेक योग्य ग्राहकले प्रत्येक हप्ता रु. २ लाख र प्रत्येक महिना रु. १० लाख जित्ने मौका पाउँछन्।

योजनाको पहिलो हप्ता (मंसिर १–७) का पाँच विजेता ग्राहकहरुलाई मध्ये बिहीबार दुई ग्राहकले जनही रु. २ लाख नगद पुरस्कार ग्रहण गरेका छन् । बाँकी विजयी ग्राहकहरुले आवश्यक प्रमाणीकरणको प्रक्रिया पश्चात उनीहरुलाई पायक पर्ने नजिकैको एनसेल सेन्टर वा काठमाडौंबाट पुरस्कार ग्रहण गर्न सक्नेछन् ।

पहिलो हप्ताका पाँच विजयीमध्येका एक छिन्चु, सुर्खेतकी मोतिसरा दमाईले एनसेलको सुर्खेतस्थित एनसेल सेन्टरबाट आफूले पाएको नगद पुरस्कार बिहीबार एक कार्यक्रम माझ ग्रहण गरेकी छिन् । त्यसैगरी एनसेल सेन्टर वीरगंजबाट बाराका मनोज कुमार यादवले पनि रु. २ लाख पुरस्कार बिहीबार नै ग्रहण गरेका छन् ।

प्रकाशित: Nov 29, 2019| 05:46 शुक्रबार, मंसिर १३, २०७६
प्रतिक्रिया दिनुहोस्