आइतबार, साउन २४, २०८३

३६ शैक्षिक संस्थाले पाए क्युएए प्रमाणपत्र

 |  शुक्रबार, मंसिर १३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १३, २०७६

काठमाडौं– पछिल्ला दुई वर्षमा उच्च शिक्षा प्रदान गर्ने ३६ वटा शैक्षिक संस्थाले गुणस्तर सुनिश्चतता तथा प्रत्यायन (क्युएए) प्रमाणपत्र पाएको विश्वविद्यालय अनुदान आयोगले जनाएको छ ।

सरकारले २०७४ सालदेखि क्युएए कार्यक्रमका लागि कार्यगत स्वायत्त निकाय बनाउने कार्य सुरु गरेकोमा हालसम्म ३६ संस्थाले गुणस्तरको प्रमाणपत्र पाएका हुन् । यस्तो प्रमाणपत्र पाएका कलेजलाई अन्तरराष्ट्रिय रुपमा नै गुणस्तरको मान्यता दिने गरिन्छ ।

आयोगका अनुसार देशभरबाट ३३० वटा शैक्षिक संस्थाहरूले शैक्षिक कार्यक्रमको गुणस्तरका लागि आशयपत्र लिएका थिए । निकट भविष्यमा नै क्युएए प्रमाणपत्र प्राप्त गर्ने शैक्षिक संस्थाहरूको संख्या ७० भन्दा बढी पुग्ने आयोगको अपेक्षा छ ।

आयोगले सबै क्याम्पसहरूलाई गुणस्तर सुचिनिश्चतता तथा प्रत्यायन प्रक्रियामा सहभागी भई उच्च शिक्षाको गुणस्तर कायम गर्न आह्वानसमेत गरेको छ ।

 

प्रकाशित: Nov 29, 2019| 04:23 शुक्रबार, मंसिर १३, २०७६
प्रतिक्रिया दिनुहोस्