मंगलबार, चैत ५, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • सुख्खा बन्दरगाहका लागि अधिग्रहण गरिएको जग्गाको तत्काल मुआब्जा दिन ज्ञापनपत्र

सुख्खा बन्दरगाहका लागि अधिग्रहण गरिएको जग्गाको तत्काल मुआब्जा दिन ज्ञापनपत्र

ज्ञापनपत्रमा भौतिक सम्पत्तिसमेतको मुआब्जा यथाशीघ्र वितरण गर्न, हालसम्म मुआब्जा पाउन नसकेका प्रभावित परिवारलाई मूल्यवृद्धिअनुसारको हर्जाना रकम थप गरी भुक्तानिको व्यवस्था मिलाउन माग गरिएको छ।
 |  बुधबार, भदौ १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १६, २०७८

health

वीरगन्ज– सुख्खा बन्दरगाह विस्तारका लागि अधिग्रहण गरिएको ६२ बिघाको मुआब्जा वितरणमा ढिलाइ भएको विषयलाई लिएर सिर्सिया गाउँवासीले भन्सार अधिकृतमार्फत प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन बुझाएका छन्। गाउँ अधिग्रहण समितिको १४ गते बसेको बैठकले मुआब्जा रकम नपाएका पीडित परिवारको दिनानुदिन समस्यामा परेको जनाउँदै विभिन्न मागसहित ज्ञापनपत्र बुझाउने निर्णय गरेको थियो। सोहीअनुसार ज्ञापनपत्र बुझाइएको हो।

ज्ञापनपत्रमा भौतिक सम्पत्तिसमेतको मुआब्जा यथाशीघ्र वितरण गर्न, हालसम्म मुआब्जा पाउन नसकेका प्रभावित परिवारलाई मूल्यवृद्धिअनुसारको हर्जाना रकम थप गरी भुक्तानिको व्यवस्था मिलाउन माग गरिएको छ। मालपोत कार्यालयमा वर्षौंदेखि जग्गा सम्बन्धी कारोबार रोक्का रहेका कारण हालसाविक र प्रमाणित गराउन नसकिएका जग्गाको हकमा सहज ढंगले हालसाविक र प्रमाणित गरी मुआब्जा वितरणको व्यवस्था मिलाउन पनि माग गरिएको छ। 

ज्ञापनपत्र बुझ्नै सिर्सियास्थित सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत डा. लालबहादुर खत्रीले जग्गा अधिग्रहणका लागि सरकारले मुआब्जामा थप ढिलाइ गर्न नहुने बताए। उनले भने, ‘जति छिटो मुआब्जा वितरण हुन्छ, त्यति नै राज्यलाई पनि आर्थिक भार कम हुने हो। सरकारको २०७३ पुस १७ को अर्थमन्त्री स्तरीय निर्णयअनुसार ६२ बिघा जमिन अधिग्रहण गर्ने निर्णय भएको थियो। सोहीबमोजिम अधिग्रहण गरिने जग्गाको मुआब्जा रकम निर्धारण भएको थियो।

प्रकाशित: Sep 01, 2021| 17:28 बुधबार, भदौ १६, २०७८
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।