काठमाडौं – त्रिभुवन विश्वविद्यालयको ४५औं दीक्षान्त समारोह पुस ३ गते पुल्चोक क्याम्पसको खेल मैदानमा हुने भएको छ। दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीहरुले गाउन–स्कार्फ–टोपी लगाएर १० बजेभित्र पुल्चोकको खेलमैदानमा प्रवेश गरिसक्नुपर्नेछ।
दीक्षीत हुने विद्यार्थीहरुले त्रिविले तोकेकै पोशाकमा उपस्थित हुनपर्नेछ। छात्रहरुले आफुखुसी पोशाकमा वा कोट, पाइन्ट, टाईमा त्रिविले उपलब्ध गराएको गाउन, स्कार्फ र टोपी लगाउनुपर्नेछ भने छात्राहरुले आफुखुसी पोशाक वा साडी, व्लाउजमा त्रिविले उपलब्ध गराएको गाउन, स्कार्फ र टोपी लगाउनुपर्नेछ।
त्रिविले समारोहमा पुरस्कृत हुने विद्यार्थीहरुको नामावलीसमेत प्रकाशित गरेको छ। दीक्षान्त पदक एवं पुरस्कार प्राप्त गर्न सम्बन्धित विद्यार्थीहरुले आफूले प्राप्त गरेको सक्कल ट्रान्स्क्रिप्ट, ट्रान्स्क्रिप्ट र नागरिकताको फोटोकपीसहित मंसिर १८ गतेदेखि २४ गतेसम्म परीक्षा नियन्त्रण कार्यालय बल्खुमा सम्पर्क गर्न त्रिविले सूचित गरेको छ।
नामावलीमा उल्लेख भएका विद्यार्थीहरु बाहेक अन्य कुनै विद्यार्थीले दीक्षान्त पदक एवं पुरस्कारहरु प्राप्त गर्नुपर्ने आधार भए मंसिर १७ गते भित्र स-प्रमाण त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुमा सम्पर्क राखि दाबी विरोध गर्न त्रिविले आग्रह गरेको छ।
हरेकवर्ष त्रिविबाट लिइएका विभिन्न तह एवं विषयका परीक्षाहरुमा प्रथम हुने विद्यार्थीहरुलाई त्रिविले दीक्षान्तमा पुरस्कृत गर्दै आएको छ।
पुरस्कार प्राप्त गर्ने विद्यार्थीहरु
