मंगलबार, चैत ५, २०८१

प्रदेश २ मा जसपाबाट ११ जना सांसद लोसपातिर

जसपाबाट अलग भएर दर्ता भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का लागि प्रदेश २का प्रदेशसभा सदस्यहरुले आज बुधबार सनाखत गराएका छन्।
 |  बुधबार, भदौ १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १६, २०७८

जनकपुरधाम– जसपाबाट अलग भएर दर्ता भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का लागि प्रदेश २का प्रदेशसभा सदस्यहरुले आज बुधबार सनाखत गराएका छन्। 

health

जसपा छोडेर नयाँ पार्टीमा प्रवेश गरेका प्रदेश २ का ११ जना प्रदेश सभा सदस्यहरुले निर्वाचन आयोगको कार्यालय पुगेर सनाखत गराएका हुन्। निर्वाचन आयोगले नयाँ दलमा जान चाहने जनप्रतिनिधिहरुलाई भदौ २२ गतेसम्मको समय दिएको छ । 

लोसपाको पक्षमा जसपा छोडेर ११ जना प्रदेशसभा सदस्यहरुले आज सनाखत गराएको र बाँकी रहेका प्रदेश सभा सदस्यहरुले बिहीबार सनाखत गराउने लोसपाका नेता जितेन्द्र सोनलले जानकारी दिए।

लोसपाको पक्षमा सनाखत गर्ने प्रदेशसभा सदस्यहरुमा सुरिता साह, जयनुल राइन, बबिता चौधरी, निलम देवी भूमिहारिन, अलका झा, गौरीनारायाण साह, जानकीशरण साह, परमेश्वर साह, रमेशप्रसाद कुर्मी, बाबुलाल साह र उपेन्द्र महतो रहेका छन् । 

जितेन्द्र सोनल, अभिराम शर्मा लगायतका प्रदेशसभा सदस्यहरुले बिहीबार सनाखत गराउने जनाइएको छ। प्रदेश २ को प्रदेशसभामा तत्कालिन समाजवादी पार्टीबाट ३० र तत्कालिन राजपाको तर्फबाट २५ गरी ५५ जना सदस्य छन्।


प्रकाशित: Sep 01, 2021| 15:58 बुधबार, भदौ १६, २०७८
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।