आइतबार, साउन ३१, २०८३

‘नयन’ लोभ्याउने सुनयनाको ‘मिथिला चित्रकला’

सुनयना भन्छिन्, ‘यस क्षेत्रमा लागेपछि कुरा काट्ने र विरोध गर्ने पर्याप्त भेटें । तर पछि हटिनँ ।’
 |  सोमबार, मंसिर ९, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ९, २०७६

जनकपुरधाम- जानकी मन्दिर परिसरको पूर्वतर्फको एउटा कोठा मिथिला पेन्टिङ र मिथिला हस्तकलाले भरिभराउ छ। कोठाभित्र नेपालीका साथै विदेशी पर्यटकको घुइँचो देखिन्छ। मन्दिरभित्रको त्यो कोठा हो सुनयनाको ग्यालरी।

‘सानै छँदा चित्रकला बनाउन रहर लाग्थ्यो, त्यतिबेला मिथिला पेन्टिङ भन्ने थाहा थिएन,’ सुनयना भन्छिन्, ‘यस क्षेत्रमा लागेपछि कुरा काट्ने र विरोध गर्ने पर्याप्त भेटें । तर पछि हटिनँ ।’ परिवारको पर्याप्त सहयोग पाएको सुनयनाले सुनाइन्।

सुनयनालाई सर्लाहीमा ९ कक्षा पढ्दै गर्दा चित्रकला बनाउने इच्छा जाग्यो। सन् २००७ मा ‘जेसीआई’ नामक संस्थाले चित्रकला प्रतियोगिता आयोजना गर्यो। तीन सय ६० महिला सहभागीमध्ये सुनयना प्रथम भइन्।

अनि मिथिला चित्रकलातर्फ हौसिएको सुनयना बताउँछिन् । ‘पेसा नै बनाउने सोचका साथ मैले मिथिला चित्रकलालाई रोजेको थिइनँ । प्रतियोगितामा पहिलो भएपछि चित्रकलामार्फत कलासंस्कृति चिनाउने रहर जाग्यो । त्यसपछि निरन्तर लागिरहेँ,’ उनले भनिन्।

उनले अमेरिका, ब्रिटेन, जापानलगायतका मुलुकमा चित्रकला प्रदर्शनी गरिसकेकी छन्। आफ्नो चित्रकला अमेरिका, जापानलगायतका मुलुकमा पठाउने गरेकी छिन्।

साडी, कुर्ता, टी–सर्ट, कपलगायतमा सुनयना मिथिला चित्रकला बनाउँछिन्। साथै मिथिला संस्कृति झल्काउने क्यानभासमा भरेका रङहरुले जो सुकैको मन लोभ्याउँछ।

मिथिला चित्रकलाको बजारीकरणतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ । ‘मिथिला चित्रकलाले आफ्नो कलासंस्कृति देखाउने राम्रो माध्यमका साथै आयआर्जन गर्न बाटो पनि दिएकोे छ। तर राज्यतर्फबाट चाहेजस्तो प्रचार भएको छैन,’ उनले थपिन्, ‘बजारीकरण गर्न सकिए यसको भविष्य अझ राम्रो हुन सक्छ ।’

सुनयनाले सन् २०१२ मा एनपिस अवार्ड पाएकी छन् भने २०१६ मा केयर नेपाल नामक संस्थाले उनलाई सफल उद्यमी महिलाको पुरस्कार दिएको थियो। यसैगरी सन् २०१६ मै उनलाई अमेरिकाले कमन ग्राउन्डको पुरस्कारबाट सम्मानित गरेको थियो। उनले सन् २०१८ मा राष्ट्रिय पुरस्कार पाएकी छन्।

प्रकाशित: Nov 25, 2019| 09:04 सोमबार, मंसिर ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।