आइतबार, साउन ३१, २०८३

दशरथ रंगशालामा सागको तयारी तीव्र (फोटोफिचर)

 |  शुक्रबार, मंसिर ६, २०७६

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

शुक्रबार, मंसिर ६, २०७६

काठमाडौं– यही मंसिर १५ गते सुरु हुने दक्षिण एसियाली खेलकुद (साग)को तयारी धमाधम भइरहेको छ । उद्घाटन र समापन हुने त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ‘भिआइपी’तर्फको छानो हाल्ने काम भइरहेको छ । अन्य निर्माणको काम पनि अन्तिम चरणमा पुगिसकेको राखेपले बताएको छ ।

अहिले साधारण प्यारापिटतर्फ कुर्सी हाल्ने काम अन्तिम चरणमा पुगेको छ । भिआइपीतर्फ भने छानो हाल्ने काम सकिएपछि मात्रै कुर्सी हाल्ने काम शुरु हुनेछ । साथै खेल मैदानको काम पनि भइरहेको छ । अहिले बिहान र बेलुका गरी दुई चरणमा २०० भन्दा बढी कामदार खटिरहेका छन् ।

२०७२ को भूकम्पले दशरथ रङ्गशालालगायतको खेल संरचना क्षतिग्रस्त बनेको थियो । दशरथ रङ्गशालाको गेट निर्माण, रङ्गरोगन र सजावटका काम भइरहेका छन् ।

प्रकाशित: Nov 22, 2019| 03:14 शुक्रबार, मंसिर ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।