आइतबार, साउन ३१, २०८३

अन्तर्राष्ट्रिय नाट्य एवं लोककला महोत्सव शुरु

‘आफ्नो संस्कृति, आफ्नो पहिचान’ नारासहित बुधबारदेखि जनकपुरमा अन्तर्राष्ट्रिय नाट्य एवं लोककला महोत्सव शुरु भएको छ।
 |  बिहीबार, मंसिर ५, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ५, २०७६

जनकपुर- ‘आफ्नो संस्कृति, आफ्नो पहिचान’ नारासहित बुधबारदेखि जनकपुरमा अन्तर्राष्ट्रिय नाट्य एवं लोककला महोत्सव शुरु भएको छ।

विजयलक्ष्मी मिडिया फाउन्डेशन र सोच नेपालद्वारा आयोजित सो महोत्सवमा नेपाल र भारतका नाट्य संस्था एवं लोक कलाकर्मीको सहभागिता रहेको छ।

महोत्सवमा भारतको कोलकोता, जलपाइगुडी, हैदराबाद, मुजबफरपुर र सिद्धि एवं नेपालको मिथिला कला नाट्य परिषद्, सोच नेपाल, रङ्ग दर्पण नाट्य संस्था तथा सन्तोषलाल दास, रामेश्वर साह, रितेश पाटिल लगायतका कलाकारको प्रस्तुति हुने जानाइएको छ।

महोत्सवमा जानकी लीला (मैथिली), एक गदहे कि आत्मकथा (हिन्दी), तलाक (मैथिली), मेरा घर (हिन्दी), हम नेपालमे चुनाव लड्य चाहैत छी (मैथिली) लगायतका नाटक र सांस्कृतिक कार्यक्रम हुनेछ। महोत्सव तीन दिनसम्म चल्नेछ। रासस

प्रकाशित: Nov 21, 2019| 10:13 बिहीबार, मंसिर ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।