आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नेपालमा लगानी गर्न अष्ट्रेलियाको निजी क्षेत्र उत्सुक

नेपालमा लगानी गर्न अष्ट्रेलियाको निजी क्षेत्र उत्सुक

 |  बुधबार, मंसिर ४, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ४, २०७६

काठमाडौं । नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर ग्रेमी वडले नेपालमा सहज वातावरण हुने कानुनी प्रावधान भएमा कृषि, जलश्रोत, पर्यटन आदि क्षेत्रमा अष्ट्रेलियाको उल्लेख्य लगानी आउने बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्सले बुधबार आयोजना गरेको भेटघाट कार्यक्रममा आफ्नो कार्यकालमा उनले सकेसम्म नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई सेवा शुरु गर्न पहल गर्ने बताए । त्यसका लागि व्यवसायिक निर्णय हुनुपर्ने र हवाई सम्झौता भैसकेको परिप्रेक्ष्यमा सो प्रक्रिया आह्वान गर्न कठिन नहुने उनले बताए ।

उनले अष्ट्रेलियाले नेपालको सामुदायिक वनमा गरेको सहयोग अन्य मुलुकको लागि पनि अनुकरणीय भएको बताउँदै नेपालमा लगानी तथा व्यापारको लागि कानुनी र असल व्यवसायमैत्री वातावरण भएमा अष्ट्रेलियाको लगानी उल्लेख्य रुपमा आउन सक्ने बताए ।

सोही क्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले सरकारले लगानीको लागि एकद्वार प्रणाली लागू भएपछि लगानीको सम्भावना बढेको बताए ।

उनले अष्ट्रेलियाको मुख्य शहरहरु ब्रिसवेन, मेलवर्न, सिड्नी, क्यानेवरा, पर्थ लगायतका आकर्षक र नियमित पर्यटन, व्यापार, लगानी प्रबर्द्धन गर्न रोड शो गर्नुपर्ने, व्यापार, मेला प्रदर्शनीमा सहभागिताको अवसर प्राप्त हुनुपर्ने बताए ।

नेपालले अल्पविकसित मुलुकमै अष्ट्रेलियाले प्रदान गरेको करमुक्त प्रवेशको सुविधाको अधिकतम प्रयोग गर्न नसकेको बताउँदै नेपाली समुदाय लक्षित गरी निकासी प्रबर्द्धन र आयात व्यवस्थापन हुनुपर्नेमा जोड दिए ।

प्रकाशित: Nov 20, 2019| 07:24 बुधबार, मंसिर ४, २०७६
प्रतिक्रिया दिनुहोस्