आइतबार, साउन ३१, २०८३

एनआईसी एसिया बैंकको सुपर चमत्कारिक योजना

एनआईसी एसिया बैंकले आफ्ना ग्राहकका लागि अधिकतम सुविधा प्रदान गर्ने उद्देश्यले नयाँ सुपर चमत्कारिक मासिक निक्षेप खाता सार्वजनिक गरेको छ।
 |  मंगलबार, मंसिर ३, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ३, २०७६

काठमाडौं - एनआईसी एसिया बैंकले आफ्ना ग्राहकका लागि अधिकतम सुविधा प्रदान गर्ने उद्देश्यले नयाँ सुपर चमत्कारिक मासिक निक्षेप खाता सार्वजनिक गरेको छ।

बैंकमा खाता भएका इच्छुक सबै खातावाहक तथा नयाँ खाता खोल्न चाहनेहरुले यसमा खाता खोली अधिकतम लाभ लिन सक्ने बैंकले जनाएको छ।

योजनाअन्तर्गत थोरै-थोरै रकम जम्मा गरी कुनै लगानी तथा आफ्नो आम्दानीलाई नियमित रुपमा बचत गरी आवश्यकताहरु पूरा गर्न, भविष्यका योजनाहरु जस्तै विदेश भ्रमण, इच्छाइएको बहुमूल्य सरसामानहरु जोड्न र बचत खाताबाटै मुद्दती खाता बराबरको प्रतिफल प्राप्त गर्न सकिनेछ।

यस निक्षेप योजनामा तीन महिनादेखि १० वर्षसम्म न्यूनतम रु. ५०० को गुणनमा निश्चित रकमबाट खाता सुचारु गर्न सकिने बैंकले जनाएको छ।

प्रकाशित: Nov 19, 2019| 13:10 मंगलबार, मंसिर ३, २०७६
प्रतिक्रिया दिनुहोस्