आइतबार, साउन ३१, २०८३

गाईभैँसी किन्न गाउँ सरकारको अनुदान

 |  सोमबार, मंसिर २, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २, २०७६

मेलम्ची । गाईभैँसी किन्न गाउँ सरकारबाटै अनुदान पाएपछि त्रिपुरासुन्दरी गाउँपालिका–३ धुस्कुनका किसानहरुमा खुशीयाली छाएको छ । स्थानीय धुस्कुन कृषि सहकारीमार्फत गाउँ सरकारको अनुदान हात पारेपछि शनिबार धुस्कुनका पशुपालक किसानहरु खुशी देखिन्थे ।

गाउँपालिकाको अनुदानबाट शनिबार धुस्कुन कृषि सहकारीले ७० जना सदस्यलाई गाईभैँसी किन्नका लागि अनुदान उपलब्ध गराएको छ । आठौँ वार्षिक साधारणसभाका अवसरमा भैँसी खरिदका लागि ५० जनालाई रु ३० हजारका दरले अनुदान प्रदान गरिएको छ । गाई किन्नका लागि २० जनालाई रु १५ हजारका दरले अनुदान दिइएको छ ।

गाउँपालिका र वडाको बजेटबाट सहकारीमार्फत ७० जना किसानलाई गाईभैँसी खरिदका लागि अनुदान दिइएको हो । चालू आर्थिक वर्षमा त्रिपुरासुन्दरी गाउँपालिकाले धुस्कुन कृषि सहकारीका लागि रु १८ लाख गाईभैँसी खरिद अनुदान उपलब्ध गराएको र सहकारीले आफ्ना सदस्यहरुलाई सो अनुदान प्रदान गरेको त्रिपुरासुन्दरी गाउँपालिका–३ का वडाध्यक्ष शुकदेव रिसालले जानकारी दिए । “पशुपालनमा प्रोत्साहनका लागि गाउँपालिकाबाट रु १८ लाख अनुदान छुट्याइएको थियो, सहकारीमार्फत किसानका हातमा पुर्याइएको छ,” वडाध्यक्ष रिसालले भने ।

गाउँपालिका अध्यक्ष भूपेन्द्र श्रेष्ठले साधारणसभाको उद्घाटन गर्दै निर्वाहमुखी मात्र नभई व्यावसायिक कृषि र पशुपालनमा लाग्न आग्रह गरे । आगामी वर्षका लागि गाईभैँसी खरिदका लागि गाउँपालिकाले रु २० लाख अनुदानको व्यवस्था गरिदिनेसमेत अध्यक्ष श्रेष्ठले घोषणा गरे ।

रासस

प्रकाशित: Nov 18, 2019| 10:23 सोमबार, मंसिर २, २०७६
प्रतिक्रिया दिनुहोस्