मंगलबार, असोज २७, २०८३

सुजुकीको ‘एस–प्रेसो’ अब नेपालमा

 |  आइतबार, मंसिर १, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १, २०७६

काठमाडौं- नेपालका लागि सुजुकी ‘फोर ह्विलर’ तथा सीजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपाली बजारमा सुजुकी ‘एस–प्रेसो’ कार ल्याएकाे छ।

‘बीएस ६ कम्प्लाइन्ट’ १.० लिटरको ‘के १०’ इन्जिनजडित यो कारले २१.७ किलोमिटर माइलेज दिने मोटोकर्पद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

मोटोकर्पका कार्यकारी निर्देशक करन चौधरीले ‘एस–प्रेसो’ मूल्यसँगै डिजाइन, प्रविधि र सुरक्षाका हिसावमा पनि उचित रहेको दाबी गरे।

‘एस–प्रेसो’का चार प्रकार सार्वजनिक गरिएका छन्, जसमा स्ट्यान्डर्ड कारको मूल्य २२ लाख ९९ हजार छ। यस्तै, एलएक्सआईको मूल्य २३ लाख ९९ हजार, भीएक्सआईको मूल्य २४ लाख ९९ हजार र भीएक्सआई प्लसको मूल्य २५ लाख ४९ हजार छ।

कार सोलिड सिजल ओरेन्ज, पर्ल स्टेरी ब्लु, सुपेरियर ह्वाइट, मेटालिक ग्रेनाइट ग्रे, मेटालिक सिल्की सिल्भर रङमा उपलब्ध छ।

‘एस–प्रेसो’मा ४० प्रतिशत लचिलो स्टिल प्रयोग गरिएको छ, यसले कारलाई बलियो र सुरक्षित बनाएको मोटोकर्पको दाबी छ।

‘एस–प्रेसो’ नेपालका सबै ३६ वटा सुजुकी रिटेल नेटवर्कमार्फत् विक्रीवितरण हुने मोटोकर्पले जनाएको छ।

प्रकाशित: Nov 17, 2019| 08:50 आइतबार, मंसिर १, २०७६
प्रतिक्रिया दिनुहोस्