आइतबार, साउन ३१, २०८३

आज कर दिवस, साढे २९ लाख नागरिक करको दायरामा

आज आठौं कर दिवस । ‘स्वच्छ कर प्रशासनः विकास र सुशासन’ भन्ने नाराका साथ करसम्बन्धी विभिन्न चेतनामूलक कार्यक्रम गरेर मनाइँदैछ ।
 |  आइतबार, मंसिर १, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १, २०७६

काठमाडौं- आज आठौं कर दिवस । ‘स्वच्छ कर प्रशासनः विकास र सुशासन’ भन्ने नाराका साथ करसम्बन्धी विभिन्न चेतनामूलक कार्यक्रम गरेर मनाइँदैछ ।

दिवसकोअवसरमा आन्तरिक राजस्व विभागले आज राजश्व परिचालनमा उल्लेखनीय योगदान पुर्याउने करदाता एवं कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने कार्यक्रम राखेको छ।

हालसम्म २९ लाख ६५ हजार करदाता करको दायरमा आएको विभागल जनाएको छ । गत वर्ष २१ लाख करदाता करको दायरामा थिए ।

गत वर्षको तुलनामा औसत राजस्व वृद्धिदर २३ प्रतिशत रहेको र चालु आर्थिक वर्षको पहिलो ४ महिनामा विभागको राजस्व असुलीको लक्ष्य १ खर्व २५ अर्व रहेकोमा लक्ष भन्दा झण्डै २१ अर्व कम अर्थात १ खर्व ४ अर्व असुली भएको विभागले जनाएको छ।

 

प्रकाशित: Nov 17, 2019| 04:11 आइतबार, मंसिर १, २०७६
प्रतिक्रिया दिनुहोस्