आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • धरान उपनिर्वाचन : पूर्व मेयर पत्नी बनिन् नेकपा उम्मेदवारको प्रस्तावक

धरान उपनिर्वाचन : पूर्व मेयर पत्नी बनिन् नेकपा उम्मेदवारको प्रस्तावक

आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा धरान नगरपालिकाको मेयर पदका नेकपा पत्यासी प्रकाश राइको प्रस्तावक पूर्व मेयर पत्नी इन्दु सुब्बा बसेकी छन्।
 |  बुधबार, कात्तिक २७, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २७, २०७६

धरान- आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा धरान नगरपालिकाको मेयर पदका नेकपा पत्यासी प्रकाश राइको प्रस्तावक पूर्व मेयर पत्नी इन्दु सुब्बा बसेकी छन्।

स्वतन्त्र उम्मेदवारी दिने चर्चा भएकी सुब्बाले बुधबार भएको मनोनयनमा नेकपा उमेदवार राईको प्रस्तावक बनेकी हुन्। सुब्बा हङकङ बाट केही दिन अगाडि मात्रै धरान आएकी थिइन्।

२०७५ साउन १ मा उपचारका क्रममा मृत्यु भएका नेकपाकै पूर्व मेयर तारा सुब्बाको स्थानमा उनकी पत्नी उठ्नुपर्ने केहीले तर्क गर्दै आएका थिए।

बुधबार नेकपाका प्रकाश राईसँगै नेपाली कांग्रेसबाट तिलक राईको उमेदवारी दर्ता गराएका छन्।

यस्तैगरी, संघीय समाजवादी पार्टीबाट गजेन्द्र इस्बो, मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषदबाट अमर इजमको मनोनयन परेको छ। धरानमा मेयर पदका लागि ११ दलीय र ११ स्वतन्त्र उमेदवारले उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालयले जानकारी दिएको छ।

यसैगरी धरान ७ को वडा अध्यक्षका लागि नेकपाबाट जीवन कुमार सुवेदी र नेपाली कांग्रेसबाट सुवर्णमान पालिखेको मनोनयन भएको छ। वडा अध्यक्षमा दलीय र स्वतन्त्र गरेर दर्जन उमेदवारको मनोनयन भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ।

प्रकाशित: Nov 13, 2019| 10:16 बुधबार, कात्तिक २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।