बिहीबार, चैत १२, २०८२

तालु खुइलिने समस्या पुरुषमा मात्रै किन हुन्छ ?

सामान्यतया ३० वर्षको उमेरपछि पुरुषको कपाल झर्न सुरु हुन्छ र ५० वर्ष पुग्दा नपुग्दै टाउकोमा ५० प्रतिशत कपालमात्रै बाँकी हुन्छ।
 |  मंगलबार, कात्तिक २६, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २६, २०७६

काठमाडौं- संसारभरका सारा प्राणीमध्ये मान्छे मात्रै यस्तो प्राणी हो, जसको तालु खुइलिनसक्छ। मानिसमध्येमा पनि यस्तो पुरुषमा मात्रै हुन्छ। यसका साथै मानिस मात्रै यस्तो प्राणी हो, जसले विवाह गर्छ।

National life

कतिपयले भन्ने गर्छन्, ‘कपाल झर्नुमा तनावको ठूलो भूमिका हुन्छ र श्रीमतीहरूको तनाव पैदा गर्नमा ।’ स्त्रीद्वेषी यस्तो भनाईले तालु खुइलिनुको एक मात्र कारण विवाहलाई ठहर्‍याउन सक्छ । तर, तालु खुइलिने समस्या समाजविज्ञान या मनोविज्ञानको विषय नभई जीवविज्ञानको विश्लेषणको विषय हो।

पोषणको कमी या तनावका कारण महिलामा पनि कपाल झर्ने समस्या आउन सक्छ। उमेरको प्रभावका कारण महिलाको टाउकोमा पनि कपाल झर्ने वा अपेक्षाकृत पातलो हुने समस्या आउन सक्छ। तर, पनि महिलामा पुरुषको जस्तो चिल्लो टाउको हुने सम्भावनाचाहिँ निकै कम हुन्छ।

पुरुषमा एउटा उमेरपछि टाउकोबाट कपाल हराउन थाल्छ। ५० को उमेर पार गर्दागर्दै अधिकांश पुरुषको टाउकोमा ‘चन्द्रमा’ देखिन सुरु भइसक्छ।

हार्मोनमा आउने परिवर्तनका कारण शरीरमा रौं उम्रिन्छ र शरीरबाट रौं हराउँदै जाने कारण पनि हार्मोनमा आउने परिवर्तन नै हो।

Laxmi sunrise bank
kumari

तालु खुइलिने प्रक्रियामाथि अनुसन्धान गरिरहेका नर्वेको बर्गेन विश्वविद्यालयका प्राणीशास्त्री पेर ज्याकबसन टेस्टोस्टेरोन नामक यौन हार्मोनलाई यसका लागि जिम्मेदार मान्छन्। यो पुरुषमा पाइने एन्ड्रोजन समूहको स्टेरोइड हार्मोन हो। पुरुषको कपाल झर्नुमा यही हार्मोन नै मुख्य कारण भएको ज्याकबसनको ठहर छ। ज्याकबसन अघिका अनुसन्धानकर्ताले पनि यही कुरा पुष्टि गरेका छन्।

मानिसको शरीरमा हुने केही इन्जाइमले टेस्टोस्टेरोनलाई डिहाइड्रोटेस्टेरोनमा परिवर्तन गरिदिन्छ। डिहाइड्रोटेस्टेरोनले कपाललाई कमजोर र पातलो बनाउँछ। हार्मोनमा यस्तो परिवर्तन ल्याउने इन्जाइम भने मानिसको जीन्समा हुन्छ। यसैकारण अधिकांश तालु खुइलेपन आनुवंशिक हुन्छ।

पुरुषको तुलनामा महिलामा टेस्टोस्टेरोनको स्राव नाम मात्रको हुन्छ । महिलामा टेस्टोस्टेरोनका साथसाथै एस्ट्रोजन हार्मोनको पनि स्राव हुने भएकाले उनीहरूको शरीरमा टेस्टोस्टेरोनलाई डिहाइड्रोटेस्टोस्टेरोनमा परिवर्तन गर्ने प्रक्रिया निकै कम हुन्छ।

कहिलेकाहीँ गर्भावस्था या मिनोपोज (महिनाबारी रोकिने) का बेला भने यो प्रक्रिया अलिक तीव्र हुनसक्छ। त्यस्तो अवस्थामा महिलाको कपाल बढी झर्छ। यद्यपि, हार्मोनल असन्तुलनको यो घटना छोटो अवधिका लागि मात्र हुन्छ। खासगरी डिहाइड्रोटेस्टोस्टेरोन नबन्ने वा कम बन्ने हुँदा महिलामा कपाल झर्ने समस्या पुरुषको तुलनामा निकै कम हुन्छ।

सामान्यतया ३० वर्षको उमेरपछि पुरुषको कपाल झर्न सुरु हुन्छ र ५० वर्ष पुग्दा नपुग्दै टाउकोमा ५० प्रतिशत कपालमात्रै बाँकी हुन्छ।

यो इन्जाइमले एउटा निश्चित उमेरमा पुगेपछि पुरुषमाथि अचानकै आक्रमण सुरु गरिदिन्छ भन्ने पनि होइन। टेस्टोस्टेरोन डिहाइड्रोटेस्टोस्टेरोनमा परिवर्तन हुने प्रक्रिया लामो हुन्छ। यसले मानिसमाथि तबसम्म प्रभाव पार्दैन जबसम्म मानिस निश्चित उमेर पार गर्दैन।

शरीरबाट कपाल प्राकृतिक रूपमै यसरी झर्ने प्रक्रियालाई विज्ञानको भाषामा एन्ड्रोजनिक एलोपीसीया भनिन्छ।

दुर्भाग्यवश केही मानिस निकै कम उमेरमै तालु खुइलिने समस्याको सिकार भइदिन्छन्। यस्तो उनीहरूलाई अघिल्लो पुस्ताबाट प्राप्त इन्जाइम र बेग्लै प्रकारको छालाकाकारण हुन्छ। केही मानिसको टाउकोको छाला पनि यस्तो इन्जाइमलाई संग्रह गर्ने खालको हुन्छ, जसले तालु खुइलिने समस्या झन् चाडै ल्याइदिन्छ।

प्रकाशित: Nov 12, 2019| 06:06 मंगलबार, कात्तिक २६, २०७६
प्रतिक्रिया दिनुहोस्