आइतबार, साउन ३१, २०८३

‘टुसाएको गगन’ नेपाल र अमेरिकाबाट एकैदिन लोकार्पण

आविष्कार भारतीद्वारा लिखित हाइकु सेर्न्यु सङ्ग्रह ‘टुसाएको गगन’ नेपाल र अमेरिकामा शनिबार एकैसाथ एकै समय को लोकार्पण भएको छ।
 |  बिहीबार, कात्तिक २१, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २१, २०७६

काठमाडौं- आविष्कार भारतीद्वारा लिखित हाइकु सेर्न्यु सङ्ग्रह ‘टुसाएको गगन’ नेपाल र अमेरिकामा शनिबार एकैसाथ एकै समय को लोकार्पण भएको छ।

शब्दार्थ प्रकाशनबाट प्रकाशित यस पुस्तकमा ५२५ हाइकू एवम् सेर्न्यु रहेका छन्। पुस्तकको मदन पुरस्कार एवम् पद्मश्री पुरस्कार पुरस्कृत उपन्यासकार नीलम कार्की निहारिका, कवि दिनार ‘रनादी’, अप्सरा गिरी भारती, आभा भारती र नेपाली अमेरिकन मैत्री सङ्घका अध्यक्ष अबिमन पसछेंबाट अमेरिकाको म्याडिसन शहरमा बिमोचन भएको थियो।

यस्तै काठमाडौंमा त्यही दिन वरिष्ठ साहित्यकार ठाकुर शर्माको सभापतित्वमा लेखकका हजुरआमा चिरन भारती, वरिष्ठ कवि कणाद महर्षी, महाकाव्यकार द्वय बाजुराम पौडेल र बुनू लामिछाने, कवि एवम् समीक्षक डा. लेख निरौला, हाइकुकार कवि विष्णु बहादुर सिंह तथा वडा नं. ७ का वडाध्यक्ष सुद्धकुमार डङ्गोलले बिमोचन गरेका थिए।

पुस्तकका भूमिकाकार विष्णु बहादुर सिंहले ‘टुसाएको गगन’ सुन्दर चेतना, प्राकृतिक बिम्ब प्रचुर प्रयोग भएको अमेरिका बसेर नेपाली हाइकूको क्षत्रमा गहकिलो योगदान’ रहेको बताए।

त्यस्तै डा. लेख निरौलाले पुस्तकको समीक्षात्मक मन्तव्य दिंदै, ‘सुत्रात्मक, मन्त्र जस्ता भान हुने बिम्बपूर्ण रसिला हाइकू यस पुस्तकमा रहेको र ति हाइकूहरुले देशको माया, विकृति, संस्कृति, समाजको यथावत चित्रण प्राकृतिक बिम्ब–प्रतीकका मध्यमबाट पस्केको बताए।

सभापति ठाकुर शर्माले ‘टुसाएको गगन’ शाश्वत पक्ष रहेको र दीर्घकालीन हाइकूहरु कवितात्मक, सुत्रात्मक, सान्दर्भिक र सुन्दरशैलीको रहेको’ औँल्याए।

अमेरिकामा बिमोचन कार्यक्रम नेपाली अमेरिकन मैत्री सङ्घको १५ औं साहित्य साँझ अन्तर्गत बिजय मल्ल साहित्य पुरस्कारसँगै गरिएको थियो।

कार्यक्रममा कवि तथा साहित्यसेवी दिनार ‘रनादी’ ले हाइकूको म्याडिसनमा बिस्तारै रस बस्दै गएको र यस पुस्तकमा रहेका उत्कृष्ट हाइकूको समायोजनले अझै हाइकू लेखन खारिंदै बताए।

त्यसै कार्यक्रममा प्रमुख अतिथि नीलम कार्की निहारिकाले अन्य बिधामा पनि कलम चलाऊन आग्रह गरिन्। उनले म्याडिसन साँच्चै नै नेपाली साहित्यको निम्ति उर्वर भूमि भएको बताईन्। कार्यक्रमकाे सञ्चालन मित्रलाल पाैडेलले गरेका थिए।

यस सङ्ग्रहमा विष्णु बहादुर सिंह, कृष्ण बजगाईं र दिनार रनादीको भूमिका रहेको छ।

प्रकाशित: Nov 07, 2019| 12:14 बिहीबार, कात्तिक २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।